मकवानपुरमा विभिन्न पार्टी परित्याग गरि मंगोल नेशनल अर्गनाइजेसन-डा.गोपाल गुरुङमा प्रवेश - MONGOL KHABAR

Breaking

मकवानपुरमा विभिन्न पार्टी परित्याग गरि मंगोल नेशनल अर्गनाइजेसन-डा.गोपाल गुरुङमा प्रवेश

हेटौंडा । असोज १८ शनिबार, मकवानपुरको हेटौंडामा हिजो १७ गते भएको मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जंगठनको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संगठनको विभिन्न नेता लगायत ३ नं प्रदेश प्रमुख मन्दिरा मोक्तान तामाङ समेत सहभागी हुनुभएको थियो ।
कार्यक्रममा प्रशिक्षण लगायत मुलबासी मंगोलहरुको पुर्खाको हत्या गरिएको दिन दशै भएको भन्दै दशै बहिष्कार कार्यक्रम समेत भएको मंगोल खबरलाई बताएका छन । कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको थियो । मुलबासीबाद मंगोलवाद बारे प्रशिक्षण प्राप्त भएपछि विभिन्न पार्टीमा रहेकाहरुले पार्टी परित्याग गरि मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङमा प्रवेश गरेका थिए ।

प्रशिक्षण संगठनका ३ नं प्रदेश प्रमुख मन्दिरा मोक्तानले प्रदान गर्नुभएको थियो । कार्यक्रम हेटौंडा १९ मा सम्पन्न भएको थियो ।