हिन्दुहरुको दशै नमनाएकै कारण सांस्कृतिक सहिद रिदामा आठपहरिया र राम्लिहाँङ आठपहरियाको हत्या - MONGOL KHABAR

Breaking

हिन्दुहरुको दशै नमनाएकै कारण सांस्कृतिक सहिद रिदामा आठपहरिया र राम्लिहाँङ आठपहरियाको हत्या

जगत ठाडा मंगोल (कार्तिक १ /२०७७) Re-post
बुटवल । असोज १८ शनिबार, यदि धर्म,आस्था परिवर्तन गर्नुगराउनु अपराध हो भने इतिहासमा भाषाधर्म र संस्कृतिकै कारण मारिएका अहिन्दूहरूको मुल्य आजको हिन्दूहरूले चुकाउनुपर्छ ।
धर्मपरिवर्तन गर्न पाइँदैन भने राज्यले नै बाैद्धबाट हिन्दू बनाएका नेवारहरूलाई बाैद्ध कायम गरोस् । बोनबाट बुद्धिष्ट भएका तामाङहरूलाई बोन कायम गरियोस्  l
मुलबासी मंगोलहरुको जसको इतिहासमा आफ्नै धर्मआस्था थियो । उनीहरूलाई त्यो इतिहासको आस्थामा फर्काओस्  धर्मपरिवर्तन गर्न पाउँदैन भने पृथ्वीनारायण शाहको सन्तानवशंलाई पनि मुस्लिम धर्ममा फर्काउ ।जनगणनामा लाखौँ मुलबासी मंगोललाई नसोधी हिन्दू लेखिएको दस्तावेजहरूलाई खुल्ला मैदानमा ल्याएर च्यातियोस । राज्यले धर्म परिवर्तन गराउन पाउँदैन ।

धर्मपरिवर्तन गर्न नपाउने भए बुद्धको अस्तित्वलाई लखेटेर भारतीयकरण भएर आएको ब्राह्मणवादको व्याबस्थालाई यो देशको परिचय बनाऊन् पाइँदैन । धर्मकै कारण नेपालमा जन्मिएका गौतम बुद्धलाई भारतमा लखेटिएको थियो ।बुद्धको पहिचान र उसको स्वदेशी आस्थाकरण नेपालले गर्नुपर्छ । धर्मपरिवर्तन गर्न पाइँदैन 
यसकारण हिन्दू धर्मलाई पनि यो राज्यले बहिष्कार गर्नु पर्दछ । परिवर्तन हुँदै आएका सबै धर्मआस्थाको इतिहासिक सम्बन्धमा लगेर यो देशको नागरिकलाई राज्यले अपरिवर्तित धर्मको जरा समाउन लाउनुपर्छ । किनकि हामीलाई सबैभन्दा बढी राज्यले नै परिवर्तन गराईएको छ । हिन्दू बनाएको छ ।ब्राह्मणवादको व्याबस्थालाई पुज्न लगाएको छ ।

दशैं तिहार नमानेकै कारण झुन्डाएर मारिएको संस्कृतिको सहिद रिदामा आठपहरियाराम्लिहाँङ आठपहरियाजस्ता धर्मकै निम्ति मारिएका मुलबासी मंगोलको दोष यो राज्यले स्विकार्नुपर्छ । र हिन्दूत्ववादको यो राज्य दण्डनीय हुनुपर्छ ।दण्ड पाउनुपर्छ । भाषाधर्म र संस्कृतिको कारण हजारौं नेवारहरूको नाखकान काटिएको थियोतिनीहरूलाई चिहान भित्रबाट तानेर नाखकान जोडि दियोस् । यो देशमा धर्मपरिवर्तन गर्न पाइँदैन ।
ब्राह्मणवादको व्यबस्थालाई लाद्नकै निम्ति बिदेशी धर्म मान्नेहरू भनेर देश निकाला गरिएको मुलबासी मंगोल नेवारहरूको राष्ट्रियता खोसिएको कारण यो हिन्दूसमाजले दण्ड पाउनुपर्छ । 

यो देशको सम्पूर्ण धार्मिक पहिचान लुट्ने हिन्दू हो ।एकात्मकवादी हिन्दू शोषणहिन्दूवादको राज्य हो । एकल जातीय हिन्दूहरूको पराकाष्ट नै धर्मपरिवर्तनको सुरुवात थियो । यसकारण भारतीयकरण भएर आएको ब्राह्मणवादको यो शोषणको व्यबस्थालाई राज्यबाट बहिष्कार गरेरयो देशमा स्वदेशी आस्थाकरण गरेर कसैले देखाउँन सक्छ भने मात्र,धर्म परिवर्तनको बिरोध गर्न सुहाउँछ । होइन भने हिन्दूहरूले नै अरूलाई जबर्जस्ति हिन्दू बनाएको इतिहास हाम्रै अघि छ । 

हिन्दूवादको वीउ जोगाउने षड्यन्त्रको साथमा नेपालको नयाँ संविधानका लागि तयार गरिएको मस्यौदाको धारा ३१ (३) मा पनि स्पष्टरूपमा कुनै व्यक्तिलाई एक धर्मबाट अर्को धर्ममा परिवर्तन गराउने कार्यलाई अपराधीकरण गरेको छ । यो हिन्दूवादी नेताहरूको चाल हो । ठिक छ यो संविधानले हिन्दू बाहेक अरू धर्मआस्थामा विश्वास गर्नेलाई दण्डनीय बनाउँछ भने यो राष्ट्रलाई नै हिन्दू बनाउन लागेको अपराधमा सबैभन्दा पहिला यहाँका हिन्दू शाषकहरूलाई जेलमा हाल्नुपर्छ । 

यदि धर्म /आस्था परिवर्तन गर्नु अपराध हो भने इतिहासमा भाषाधर्म र संस्कृतिकै कारण मारिएका अहिन्दू मुलबासी मंगोलहरूको मुल्य आजको हिन्दूहरूले चुकाउनुपर्छ