मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको १ नं प्रदेश गठन सम्पन्न । - MONGOL KHABAR

Breaking

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको १ नं प्रदेश गठन सम्पन्न ।

धरान । असोज २९ बुधबार, मंगोल नेशनल अर्गनाइजेशन-डा. गोपाल गुरुङ संगठनको १ नं प्रदेश गठन सम्पन्न भएको छ । १ नं प्रदेशको सुन्दर मान्निने शहर सुनसरीको धरान बजारमा यही असोज २७ गते कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रममा संघीय सचिब लोक मोक्तान प्रमुख अतिथि समेत रहेका थिए । प्रमुख अतिथि मोक्तानले कार्यक्रममा बोल्दै मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको १ नं प्रदेश गठनले बाहुन सरकारको मुटु हलिएको र अब यो देशको ८०% अहिन्दु मुलबासी मगोलहरुको मुक्ति मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङले मात्र दिने बताउनुभएको थियो ।

संगठनको १ नं प्रदेशका विभिन्न जिल्लाहरुबाट आएका प्रतिनिधिहरुबाटै प्रदेश पदाधिकारीहरु छनोट गरिएको थियो । उक्त भेलाले १ नं प्रदेश प्रमुखमा शक्ति चाम्लिङ राई सचीवमा सबिन लिम्बु, सहसचिवमा राज कुमार माक्रेहाङ, कोषाध्यक्षमा सनमान तामाङ ,प्रबक्तामा शुक्र खम्बुहाङ गरि १९ जनाको तदर्थ सभा गठन सम्पन्न गरेको छ ।

कार्यक्रममा सहभागी संघीय लगाएत विभिन्न तहका नेताकार्यकर्ताहरुले नयाँ पदाधिकारीहरुलाई कार्यकालको शुभकामना समेत प्रदान गरेका थिए ।