नवलपुर । कार्तिक २८ बिहिवार, पुर्ब नवलपरासीको बौदीकाली गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्षका लागि आउदो मंसिर १४ गते हुने स्थानिय तहको उपनिर्बाचनका लागि बुधबार (हिजो) मनोनयन पत्र दर्ता गरेको छ ।
वडाध्यक्षका लागि हुने उपनिर्बाचनमा तीन जनाले उम्मेद्बारी पत्र दर्ता गराएका छन । जस अन्तर्गत सतारुढ दल नेकपाको तर्फबाट खिमबहादुर खरु मगरले उम्मेद्बारी दर्ता गराएका छन । भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट तुलबहादुर राना मगर ( अनिल )ले उम्मेद्बारी दर्ता गराएका छन ।
उता समाजबादी पार्टीको तर्फबाट पितमबहादुर राना मगरले उम्मेद्बारी दर्ता गराएका छन । बौदीकाली गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष दलबहादुर खरु मगरको हृदयघातका कारणले निधन भए पछि रिक्त रहेको पदका लागि निर्बाचन हुन लागेको हो । उनले नेकपा एमालेबाट उम्मेद्बारी दिएर निर्बाचनमा जितेका थिए ।
उनी पछिका कार्यबाहक अध्यक्षको पनि पछि निधन भएको थियो । मगरले ३८४ मत प्राप्त गरि बिजय हुनुभएको थियो भने, उनका प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका मुक्तबहादुर थापा मगरले १५४ मत प्राप्त गरेका थिए ।
