आईएमई लोक स्टार बिजेता शनि बिश्वकर्मले मानसिक सन्तुलन गुमाएकी रोल्पाकी लुम्बिका बुढा मगरलाई सहयोग गरे - MONGOL KHABAR

Breaking

आईएमई लोक स्टार बिजेता शनि बिश्वकर्मले मानसिक सन्तुलन गुमाएकी रोल्पाकी लुम्बिका बुढा मगरलाई सहयोग गरे

रोल्पा । कार्तिक २८ बिहिवार, आइएमई लोक स्टार बिजेता  शनि बिश्वकर्मले लोकस्टार बने पछि पहिलो समाजिक काम गरेका छन ।
लोकस्टार शनीले रोल्पा जिल्ला त्रिबेणी गा.पा.-१ घर भई आफ्नो मानसिक सन्तुलन गुमाउनु भएकी Lumbika Budha Magar को उपचारमा सहयोगको लागि भनेर आफुले केहि सकेको आर्थिक सहयोग गरेको छ । शनीले दिन दिनै नेपाल लोकस्टारको बिजेता भए पछि काँधमा केही सामाजिक जिम्मेवारी पनि रहेको महसुस गर्दै सहयोग गरेको बताएका छन । सहयोग रकम भने खुलाएको छैन ।

उनले मानिस भएर जन्मिए पछि हाम्रो आफ्नै ब्यक्तिगत जीवन पनि हुन्छ । तर यो समाजमा जन्मिए पछि बाच्नका लागि कैयौं दुझ सहएर बाँच्नु पर्ने हुदा दुख पिडामा पर्ने असाहयहरुलाई मानबताको नाताले केही सामाजिक कार्यहरुमा जोडिनु पाउँदहु खुशी लागेको समेत बताएका छन ।

अन्तमा उनले समाजमा मिलेर बस्नु, दुख पर्दा एकले अर्कोलाई सहयोग गर्ने नै मानव अनि त्यही महानता हो भन्दै सबैलाई सहयोगको लागि अनुरोध समेत गरेका छन ।