बरिष्ठ पत्रकार विनय गुरुवाचार्यको शुक्रबार निधन - MONGOL KHABAR

Breaking

बरिष्ठ पत्रकार विनय गुरुवाचार्यको शुक्रबार निधन

काठमाण्डौ,मंसिर ६,अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको शुक्रबार निधन भएको छ । लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको थापाथलीमा रहेको आफ्नै निवासमा निधन भएको हो ।
संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको अन्तरराष्ट्रिय समाचार समिति एसोसिएटेड प्रेस (एपी) को काठमाण्डौ प्रतिनिधिका रुपमा ३८ वर्ष सेवा र्पुयाउनुभएका गुरुवाचार्यले नेपाल वातावरण पत्रकार समूहमा रहेर पनि काम गर्नुभएको थियो । पेसाप्रति पूर्ण समर्पित गुरुवाचार्यको अनुभवबाट उहाँका समकालीन र पछिल्ला पुस्ताले पेसागत जिम्मेवारीका सम्बन्धमा धेरै ज्ञान हासिल गरेका थिए । 
उहाँको शनिबार अन्त्येष्टि हुने परिवारिक स्रोतले जनाएको छ । 

स्व. गुरुवाचार्यका श्रीमती, छोरा र एक जना छोरी हुनुहुन्छ । उहाँका छोरा विनाज गुरुवाचार्य एपीका लागि काठमाण्डौका प्रमुख संवाददाता हुनुहुन्छ । साभार उज्यालो