बुटवल र पाल्पाको सिमानामा पर्ने सिद्धबाबा सुरुङमार्ग बन्ने भयो - MONGOL KHABAR

Breaking

बुटवल र पाल्पाको सिमानामा पर्ने सिद्धबाबा सुरुङमार्ग बन्ने भयो

बुटवल । मंसिर ३ मंगलबार, सिदार्थराजमार्ग बुटवल र पाल्पाको सिमानामा पर्ने सिद्धबाबामा सुरुङमार्ग निर्माणका काम शुरु गर्नको लागि आबश्यक बजेतको ब्यबस्था हुने भएको छ ।
सरकारले सिदार्थ राजमार्गको सिद्धबाबा सुरुङमार्ग बन्ने स्रोत सुनिस्चित गरेको हो । अर्थमन्त्रालयले सुरुङमार्गको बहुबर्सिय ठेक्का लगाउने भौतिक पुर्बधार तथा यातायात मन्त्रालयलाई अनुमती दिएको हो ।

१.१४ किलोमीटर लामो सुरुङमार्ग बनाउन मध्यकालिन खर्छ संरचनाभित्र रहने १० अर्ब १५ करोडको स्रोत सुनिस्चित गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । सिद्धबाबाको पहिरो छल्न बनाइने सुरुङमार्गको स्विस सरकारको सहयोगमा अध्यन भएको थियो । अध्यनले सिद्धबाबामा सुरुङमार्ग बनाउन सकिने देखाएको थियो ।

अर्थमन्त्रालयले स्रोतको जोहो गरिए पछि बाटो खुलेको हो । सडक बिभागले परियोजनालाई डिजाइन एन्ड बिल्ड मोडेलमा निर्माण गर्ने गरि ठेक्का लगाउन सक्छ । सुरुङमार्ग बनाउन करिब १० अर्व खर्च लाग्ने अनुमान गरिएको छ ।

बुटवल पाल्पाको सिमानामा पर्ने सिद्धबाबा पहिरो पार गर्दै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङ, पर्बत पोखरा म्यादी लगायतका जिल्लाका गाडी गुड्छन । यहाँ खसेको पहिरोले प्रत्येक बर्ष थुप्रैको ज्यान जाने गरेको छ । नरम माटोमा आएको चट्टान सुख्खायाममा पनि खस्ने समस्या छ ।