चितवनको सरकारी अस्पतालमा एक पुरुषले झुण्डिएर आत्मा हत्या गरे - MONGOL KHABAR

Breaking

चितवनको सरकारी अस्पतालमा एक पुरुषले झुण्डिएर आत्मा हत्या गरे

चितवन । कार्तिक २३ शनिबार, चितवनको भरतपुर अस्पतालमा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनले मंगोल खबरलाई दिएको जानकारी अनुसार लमजुङ्ग जिल्ला दुधपोखरी गाउंँपालिका वडा नम्बर २ बस्ने बिष्णुबहादुर सुनार उक्त हस्पिटलको मेडिकल वार्डको भर्याङ्गमा हिजो बेलुका ८ः४० बजे रुमालको पासो (लामो रुमाल) लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

अस्पतालमा उनले   श्रीमती सुत्केरी गराउन ल्याएको र बच्चा पैदा भए पश्चात आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्याको कारण खुल्न सकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।