नवलपुर जिल्ला पर्यटन प्रर्वद्धन समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जिल्लाका दश पर्यटकीय गन्तब्यको सूचि तयार - MONGOL KHABAR

Breaking

नवलपुर जिल्ला पर्यटन प्रर्वद्धन समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जिल्लाका दश पर्यटकीय गन्तब्यको सूचि तयार

नवलपुर । मंसिर १२ बिहिवार, नवलपुर जिल्ला पर्यटन प्रर्वद्धन समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जिल्लाका दश पर्यटकीय गन्तब्यको सूचि तयार गरेको छ । समितिको मंगलवार सम्पन्न बैठकले जिल्लाको सवै गाउँपालिकाबाट सिफारिस भइ आएका मध्ये मुख्य क्षेत्रलाई समेटेर जिल्लाको पर्यटकीय गन्तब्यको रुपमा सिफारिस गरेको हो ।

यसरी सिफारिसमा परेका मध्ये गैंडाकोट नगरपालिकाको मौलाकालिका मन्दिर, देवचुली नगरपालिकामा पर्ने सी.जी. शास्वतधाम र देवचुली / बरचुली क्षेत्र, विनयीत्रिबेणी गाउँपालिकाको त्रिबेणीधाम र दाउन्नेदेवी, बौदीकाली गाउँपालिकाको अकलादेवी मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा सिफारिस गरेको छ भने , बुलिङटार गाउँपालिकाको घुमारीघाट, कावासोती नगरपालिकाको अमलटारी / पिठौली मध्यवर्ती क्षेत्र, हुप्सेकोट गाउँपालिकाको रुद्रपुरगढी र मध्यविन्दु नगरपालिकाको नन्दपुर क्षेत्रलाई जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा सिफारिस गरिएको जिल्ला पर्यटन प्रवर्धन समितिका अध्यक्ष चेसराम आले मगरले मंगोल खबरलाई जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयले प्रदेशका सवै जिल्लाका दश पर्यटकीय क्षेत्रको सिफारिस गर्न प्रदेशका ११ ओटै जिल्ला समन्वय समितिलाई पत्राचार गरेको थियो । सोही अनुरुप जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र तय गरिएको चेसराम आले मगरले बताउनुभयो ।