नक्कली डा.अनुपम मंगोललाई समाजसेवी ईशा गुरुङले दिईन साइबर क्राईमको मुद्दा - MONGOL KHABAR

Breaking

नक्कली डा.अनुपम मंगोललाई समाजसेवी ईशा गुरुङले दिईन साइबर क्राईमको मुद्दा

काठमान्डौ । मंसिर १० मंगलबार, समाजसेवी ईशा गुरुङले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो चरित्र हत्या गरेको आरोपमा एक फेसबुक कर्तालाई बिधुतिय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गत साइबर क्राइम मुद्दा दर्ता गराएकि छिन । युकेमा बस्दै आएकी गुरुङले टेकु प्रहरी महाशाखामा उजुरी पेश गरेकी छन् । उनले नेपालमा रहेका कानुनी सल्लाहकार, पत्रकार तथा समाजसेबी र प्रसासनिक निकायका व्यक्तिहरुको सहयोगमा मुद्दा दर्ता गराएकी हुन् ।

डा.अनुपम मंगोल नाम गरेको फेसबुक आइडीबाट पटक पटक आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको र म्यासेज बक्समा समेत अनाबस्यक टचर दिएको भन्दै टेकु प्रहरी समक्ष उजुरी दर्ता गराकी छन् । सामाजिक संजालको दुरुपयोग गरि बिनाकारण आफ्नो चरित्र हत्या गर्नेलाई पहिचान गरि कानुन अनुसार कडा कारबाही गर्न उनले माग गरेकी छन् । उनले डा.अनुपम मंगोल डाक्टर नभएको पनि समाजिक संजाल फेसबुक लाईभमा बताएकी थिइन ।

नेपालमा दुख पाएकाहरुलाई सामाजिक संजाल फेसबुक मार्फत सामाजिक सेवा गर्ने प्रयास गर्दा आफ्नो अभियानलाई प्रभावित पार्दै आफ्नो चरित्र हत्या गरेको इशा गुरुङले आरोप लगाएकी छिन ।

समाजसेवी ईशा गुरुङ युकेमा रहेर नेपालका दुखि गरिव तथा आपत-बिपतमा परेकाहरुलाई निरन्तर सेवा गर्दै आएकी छन् ।