प्रधानमन्त्री केपि शर्माले करौडौं रकम लिएर सांसद बनाएका भारतीय दुगर्डलाई करौडौ लिएर मन्त्री सम्म बनाए - MONGOL KHABAR

Breaking

प्रधानमन्त्री केपि शर्माले करौडौं रकम लिएर सांसद बनाएका भारतीय दुगर्डलाई करौडौ लिएर मन्त्री सम्म बनाए

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति मन्त्रिपरिषद् पुर्नगठन गरे । उद्योगी मोतिलाल दुगडलाई ओलीले उद्योग राज्यमन्त्री बनाए । सेन्चुरी मसला उद्योगका मालिक दुगड भारतीय नागरिक भएको भन्दै अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।थार एक्सप्रेसले मोतीलाल दुगड फतेहपुर राजस्थानका व्यापारी रहेको उल्लेख गरेको हो ।

तत्कालिन नेकपा एमालेलाई करोडौं बुझाएर समानुपातिक सांसद बनेको अरोप लागेका दुगडलाई मन्त्री बन्दा समेत पैसाको चलखेल गरेको आरोप लागेको छ । नेकपा नेता प्रभु साहले नै गत विहिबार मन्त्रिपरिषद् पुर्नगठन लेनदेनका आधारमा भएको बताएका थिए । यहि अवस्थामा अहिले सामाजिक सञ्जालमा दुगडका बारेमा चर्चा भइरहेको छ । एउटा स्रोत नखुलेको तस्विर भाइरल भइरहेको छ ।

हिन्दी र अंग्रेजी क्याप्सन राखिएको तस्विरमा दुगड भारतीय भएको उल्लेख छ । तस्विरमा राखिएको हिन्दी क्याप्सनमा भनिएको छ, ‘जैन तेरापन्थ समाज नेपालका मुख्य व्यक्तित्व श्री मोतिलाल दुगड फतेहपुर राजस्थान निवासी विराटनगर प्रवासीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको क्याविनेटमा उद्योग वाणिज्य तथा आपूर्ती राज्यमन्त्री बनाइएको छ ।’
तेरापंथ समाज नेपाल के मुख्य व्यक्तित्वों में से श्री मोतीलाल दुगड़, फतेहपुर राजस्थान निवासी बिराटनगर प्रवासी को नेपाल के प्रधानमंत्री श्री के‍.पी. शर्मा ओली की कैबिनेट में उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमंत्री बनाया गया है ।

हमारे नेपाल सुत्रों से प्राप्त जानकारी के मुताबिक प्रधानमंत्री श्री के।पी। शर्मा ओली की सिफारिश पर नेपाल के महामहिम राष्ट्रपति विद्यादेवी भंडारी ने नवीन मंत्री मंडल की घोषणा की । जिसमें हमारे समाज के श्री मोतीलाल दुगड़ को भी स्थान प्राप्त हुआ है । किसी देश के मंत्री मंडल में तेरापंथ समाज के व्यक्तित्वका शामिल होना राजस्थान के लिए गौरव की बात है ।

श्री मोतीलाल दुगड़ पेशे से दुगड़ स्पाइस एवं फूड्स कंपनी के मैनेजिंग डायरेक्टर है । स्व। श्री हरीसिंग जी एवं उषादेवी दुगड़ के सुपुत्र है ।