युरोपेली मुलुक पोर्चुगलमा स्थायी बसोबास पत्र ( पिआर ) कसरी पाउन सकिन्छ ? - MONGOL KHABAR

Breaking

युरोपेली मुलुक पोर्चुगलमा स्थायी बसोबास पत्र ( पिआर ) कसरी पाउन सकिन्छ ?

काठमाडौ । हरेक वर्ष सयौँ नेपालहरु युरोपेली मुलुक पोर्चुगल जाने गर्छन् । रोजगारी, अध्ययन लगायतका शिलशिलामा पोर्चुगल जानेले त्यहाँको स्थायी बसोबास अनुमति पत्र पीआर कसरी पाउने भन्ने थाहा नहुन सक्छ ।
युरोपेली मुलुकका नागरिक पोर्चुगलमा बसोबास गर्न पाउँछन्, तर गैर युरोपेली मुलुकका नागरिकले भने पोर्चुगलमा बसोबासका लागि अनुमति पत्र लिनुपर्ने प्राबधान छ । तर, पोर्चुगलको पीआर पाउने चाहिँ कसरी ? पोर्चुगलले विभिन्न क्याटेगरीमा पीआर दिने गरेको छ । विवाह, रोजगारी, लगानी, पारिवारिक सम्बन्ध लगायतका क्याटेगरीमा पोर्चुगलले पीआर दिने गरेको छ ।
क ) बिबाह
तपाईंले कोही पोर्चुगिज नागरिकसँग विवाह गर्नु भयो भने तपाईं पोर्चुगलको पीआरका लागि योग्य हुनुहुन्छ । विवाहपछि तपाईंले ५ वर्षका लागि अस्थायी बसोबास अनुमति पत्रका लागि आवेदन दिन सक्नुहुन्छ । अस्थायी बसोबास अनुमति पत्र पाएको ५ वर्षपछि तपाईंले पीआरका लागि आवेदन दिन सक्नुहुन्छ । यो ५ वर्षको अवधिका तपाईं निरन्तर ५ वर्ष नै पोर्चुगलमा रहिरहनुपर्छ भन्ने चाहिँ हुन्न ।
ख) रोजगार
पोर्चुगलमा रोजगारीका सिलसिलामा आएका आप्रवासी कामदारले पनि पीआरका लागि आवेदन दिन सक्नेछन् । पोर्चुगलले द्विपक्षीय सन्धी अनुसार अमेरिका, क्यानाडा, अष्ट्रेलिया, ईजरायल, जापान र न्यूजिल्याण्डबाट आएका कामदारलाई ९० दिनभित्र बसोबास अनुमति पत्रका लागि आवेदन दिन सक्छन् । तर, ती मुलुकबाहेकका नागरिकका लागि भने स्वदेशमा रोजगार भिसाका लागि पोर्चुगलमा रोजगारी निश्चित भएको हुनपर्छ । पोर्चुगल पुगिसकेपछि निश्चित प्रक्रिया पुर्‍याएर रोजगारी भिसालाई बसोबास अनुमतिपत्रमा बदल्न सकिन्छ
ग) लगानी
निकै महङ्गो प्रक्रिया भएपनि लगानीबाट पोर्चुगलमा पीआर पाउन सकिन्छ । यसका लागि निकै ठूलो धनराशी पोर्चुगलका विभिन्न क्षेत्रमा लगानी गर्नुपर्ने प्राबधान छ । यसअनुसार पोर्चुगलमा बसोबास गर्न चाहने अधिकांशले जनाले ५ लाख युरो बराबरको कुनै सम्पत्ति खरिद गरेर पीआरको आवेदन दिने गरेका छन् । यद्यपि यस्ता लगानीका अन्य क्षेत्र छन्, जसबाट पनि पीआरका लागि आवेदन दिने गरेको पाइन्छ ।
(१ ) वैज्ञानिक अध्ययन अनुसन्धानका लागि ३ लाख ५० हजार युरो लगानी
(२ ) पोर्चुगिज कला तथा संस्कृतिमा २ लाख ५० हजार युरो लगानी
(३ ) कम्तीमा १० जनालाई रोजगानी दिनसक्ने गरी कुनै व्यापारको शुरुआत वा
(४ ) ५ लाख युरोसम्मको सानो तथा मध्यम उद्योगमा लगानी
ङ ) पारिवारिक पुनर्मिलन
पारिवारिक पुनर्मिलनका लागि पनि आवेदकले पोर्चुगलको पीआरका लागि आवेदन दिन सक्छन् । पोर्चुगिज कानूनअनुसार पोर्चुगलका नागरिक वा स्थायी बसोबास अनुमतिपत्र लिएका व्यक्तिमा आश्रित परिवार वा नजिकका आफन्तलाई पोर्चुगलको पीआरका लागि आवेदन दिनसक्ने प्राबधान छ । यसका लागि आवश्यक प्रमाण, दस्तावेज तथा आपराधिक रेकर्ड नभएको निश्चित गरी आवेदन दिनुपर्छ ।
च) अध्ययन
पोर्चुगलमा अध्ययन गर्नेले पनि पीआरका लागि आवेदन दिन सक्ने प्राबधान छ । यसका लागि आवेदकको अध्ययन अवधि कम्तिमा पनि ६ महिनाभन्दा बढी समयको हुनुपर्छ । त्यसपछि विद्यार्थीले काम गर्ने अनुमति लिनुपर्छ । काम गर्ने अनुमति लिएको १ वर्षपछि विद्यार्थीले आफ्नो काम गर्ने अनुमतिलाई निश्चित प्रक्रिया पूरा गरेर बसोबास अनुमतिपत्रमा परिवर्तन गर्न सक्छन् ।
छ) रिटायरमेन्ट
आफ्नो सक्रिय जीवनबाट सन्यास वा अवकाश लिएकाले आफ्नो बाँकी जीवन बिताउन पोर्चुगलमा बसोबास भिसाका लागि आवेदन दिन पाउने प्राबधान छ । यसका लागि आवेदकले आफ्नो वैधानिक राहदानी, आयको श्रोत, जीवन बीमाको प्रमाण तथा आपराधिक रेकर्ड नभएको निश्चित गर्ने दस्तावेजसहित आवेदन दिनुपर्ने प्राबधान छ ।