नवलपुरको बौदीकाली गाउँपालिका वडा न:५ का वडाध्यक्षका लागि उपनिर्बाचन हुने - MONGOL KHABAR

Breaking

नवलपुरको बौदीकाली गाउँपालिका वडा न:५ का वडाध्यक्षका लागि उपनिर्बाचन हुने

मंगोल खबर सम्बाददाता
नवलपुर । कार्तिक २७ बुधबार, पुर्बी नवलपरासीको बौदीकाली गाउँपालिका वडा नम्बर ५ को वडध्यक्ष पदको लागि उपनिर्बाचन हुदैछ । तत्कालिन नेकपा ( एमाले ) बाट निर्बाचित वडाध्यक्ष दलबहादुर सारु मगरको निधन भए पछि रिक्त रहेको उक्त पदका लागि उपनिर्बाचन हुन लागेको हो । उपनिर्बाचनमा बौदीकाली गाउँपालिका मुख्य केन्द्र डेढ्गाँउमा निर्बाचन अधिकृतको कार्यालय स्थापना गरि काम भैरहेको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बिनोद खनालले मंगोल खबरलाई जानकारी दिनुभयो ।

निर्बाचनका लागि यहि कार्तिक २७ गते उमेदवारले मनोनयन पत्र दाखिला गर्ने र मतदान मंसिर १४ गते हुने भएको छ । मतदानका लागि सोही वडाको जौबारी स्थित उदय आधारभुत बिद्यालयमा एउटै मतदान केन्द्र तोकिएको निर्बाचन अधिकारी सुदिप पाण्डेले जानकारी दिनुभयो ।

उपनिर्बाचनका लागि उक्त वडाका ८५३ मतदाता रहेका छन । यस अधि स्थानिय तहको निर्बाचनमा ८०१ मतदाता रहेकोमा स्व. मगरले ३८४ मत प्राप्त गरि बिजय हुनुभएको थियो, भने निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उमेदवार मुक्तबहादुर थापा मगरले १५४ मत प्राप्त गर्नुभएको थियो । सो उपनिर्बाचनमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) र नेपाली कांग्रेस बिच प्रतिस्पर्धा हुने स्थानिय नेताहरुले बताए ।