पाल्पाका जिल्ला समन्वय समिति प्रमुख दयाराज बस्यालको निधन - MONGOL KHABAR

Breaking

पाल्पाका जिल्ला समन्वय समिति प्रमुख दयाराज बस्यालको निधन

पाल्पा । मंसिर ६ शुक्रवार, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको निधन भएको छ । उहाँको काठमाडौँस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।
युनाइटेड मिसन अस्पताल पाल्पा तानसेनमा उपचार गराइरहनु भएका प्रमुख बस्यालको फोक्सोमा समस्या देखिए पछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । विसं २००९ मा बगनासकाली गाउँपालिका ६ यम्घा थामडाँडामा जन्मनुभएका बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित थिए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेश कमिटी सदस्य समेत रहनुभएका बामपन्थी नेता बस्याल नेकपा जिल्ला कमिटीका प्रमुख र किसान सङ्घका केन्द्रीय सदस्यसमेत बनेका थिए । पमुख बस्यालको आज शुक्रबार पाल्पामा हिन्दु संस्कार अनुसार  दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् ।