मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनको ओखलढुंगा जिल्ला सभा गठन गर्ने भब्य तयारी - MONGOL KHABAR

Breaking

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनको ओखलढुंगा जिल्ला सभा गठन गर्ने भब्य तयारी

ओखलढुंगा । कार्तिक २९ शुक्रबार, पछिल्लो समयमा देश बिदेशमा चर्चामा आएको मंगोल नेशनल अर्गनाइजेशन-डा. गोपाल गुरुङ संगठनले आउदो यहि मंसिर १४ गते ओखलढुंगा जिल्ला सभा गठन गर्न भब्य तयारी गरेको छ । 
सोही दिन मंगोलवाद र मुलबासी अधिकारको बिषयमा समेत प्रशिक्षण हुने प्रवास सभा कतारका सल्लाहकार ओखलढुंगा निवासी रुपक बाहिङले मंगोल खबरलाई जानकारी गराउनु भएको छ । उक्त प्रशिक्षण कार्यक्रममा मंगाेल नेशनल अर्गनाइजेशन डा. गाेपाल गुरूङ संगठनका संघीय अनुशासन बिभाग प्रमुख शक्ति चाम्लिङ राईले प्रदान गर्नुहुने भएको छ । साथै कार्यक्रममा अन्य संघीय नेताहरुको समेत उपस्तिथि रहने जानकारी दिनुभएको छ । 

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले उक्त कार्यक्रममा सम्पुर्ण मुलबासी मंगोलहरुलाई सहभागी भैदिन समेत अनुरोध गरेको छ ।