नवलपुरको बौदिकाली गाउँपालिका ५ वडामा मतदान शान्तिपुर्ण सम्पन्न, आजैबाट मतगणना हुने - MONGOL KHABAR

Breaking

नवलपुरको बौदिकाली गाउँपालिका ५ वडामा मतदान शान्तिपुर्ण सम्पन्न, आजैबाट मतगणना हुने

नवलपुर । मंसिर १४ शनिबार, पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका-५ मा वडाअध्यक्षका लागि भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। शनिबार बिहान सात बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो। स्थानीय ५४ वर्षीय महिला धनमाया सुनारीले पहिलो मतदान गरेर मतदान सुरु गरेकी हुन्।
८ सय ५३ जना मतदाता रहेका यस वडामा ६ सय १५ मत अर्थात जम्मा मतको ७२.०९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जसमा महिलाको ३ सय ५८ र पुरुषको २ सय ५७ मत खसेको छ।
मत खसेको मतदान सकिएलगतै बुंदीकाली गाउँपालिकाको कार्यालय रहेको स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रातिदेखि नै मतगणना सुरु भएको छ।
वडाअध्यक्ष दलबहादुर खरु मगरको निधन भएपछि यहाँ वडाअध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो। वडाअध्यक्षमा नेकपाबाट मृतकका जेठा छोरा खिमबहादुर थापा खरु मगर, नेपाली काँग्रेसबाट मृतकका साला तुलबहादुर राना मगर र समाजवादी पार्टीबाट पितमबहादुर राना मगरले उम्मेदवारी दिएका छन्।