काठमाडौमा जारी राष्ट्रिय फुटबल प्रतियोगितामा सुपर सेन्सको गोल बर्षा - MONGOL KHABAR

Breaking

काठमाडौमा जारी राष्ट्रिय फुटबल प्रतियोगितामा सुपर सेन्सको गोल बर्षा

काठमाडौं । मंसिर १२ बिहिवार, सुपर सेन्स इंग्लिस बोर्डिङ स्कुलले राजधानीमा जारी क्विक्स कप अन्तर विद्यालय छात्र राष्ट्रिय फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ । सात दोबाटो स्थित एन्फा मुख्यालयमा रहेको एस्ट्रो टर्फमा बिहीबार भएको खेलमा सुपर सेन्सले दि वल्ड क्याटिल स्कुलमाथ ९–३ को फराकिलो जित निकालेको हो ।

सुपर सेन्सको जितमा हेम बहादुर राखल, आशिष बलाम्पाकी, विदान लामा र मनिस कुरामले समान २–२ गोल गरे । उज्वल घतानीले एक गोल थपे । दि वल्डका ब्रिटानल आले २ तथा सरुन मास्केले १ गोल थपे । यस्तै त्रियुगा नमुनाले भक्तपुर इंग्लिस स्कुलमाथि ५–० को फराकिलो जित निकालेको छ । त्रियुगाको जितमा सन्जय घर्ती, दिवस राई, अनुराग चौधरी, युवराज थापा र अनिस सेवाले समान १ गोल गरे ।

अर्को खेलमा रवि वाइवाको एकमात्र गोलमा श्री नारायाणले सैनिक आवासिय मावि कास्कीलाई १–० ले पराजित गरेको छ । सैनिक आवासिय मावि र सगरमाथा स्कुलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । सैनिकका आयुष कुँवर र रोहन भुजेलले गोल गरे । सगरमाथाका मनोज घिमिरेले दुवै गोल गरे ।

प्रतियोगतामा शुक्रबार चार खेल हुनेछ । छात्रातर्फको खेल ६ देखि १३ डिसेम्वरमा आयोजना हुनेछ । प्रतियोगिताको दुवैतर्फको विजेताले ३ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रोले ७५ हजार तथा चौथो हुनेले ५० हजार रुपैया प्राप्त गर्नेछन् ।