पैसा दिएर दुई बर्ष अगाडि देखि बलात्कार गर्ने शिक्षक पक्राउ - MONGOL KHABAR

Breaking

पैसा दिएर दुई बर्ष अगाडि देखि बलात्कार गर्ने शिक्षक पक्राउ

चितवन । कार्तिक २८ बिहिबार, माडी नगरपालिका–५ स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ । उनले घर जाने क्रममा ती छात्रालाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ । विकलाई अहिले माडीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

विकविरुद्ध चितवन जिल्ला अदालतमा जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गर्न पाँच दिनको समय माग गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । रासस