सिराहा । मंसिर ६ शुक्रवार, अख्तियारले भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डललाई पाँच लाख घुस रकम सहित पक्राउ गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रवक्ता हरिप्रसाद घिमिरेका अनुसार सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै शुक्रबार पक्राउ गरिएको हो । मण्डलले एकजना सेवाग्राहीका नाममा आएको जग्गाबारेको निर्णय सहितका कागजात उच्च अदालत जनकपुरको राजविराज इजलासमा पठाउन आनाकानी गर्दै घुस मागेका थिए ।
घुस मागेको जानकारी सेवाग्राहीले दिए पछि अख्तियारको टोली सिरहा पुगेको घिमिरेले बताए । उनले भने ‘घटनाको विस्तृत विवरण आउन बाँकी छ । अख्तियारको टोलीले नियन्त्रणमा लिएर मुजुल्का बनाउँदै छ ।
