एमएनओ-डा.गोपाल गुरुङले भारतिय बिस्तारवाद विरुद्ध र्याली सहित नारा जुलुस गरि बिरोध गरे - MONGOL KHABAR

Breaking

एमएनओ-डा.गोपाल गुरुङले भारतिय बिस्तारवाद विरुद्ध र्याली सहित नारा जुलुस गरि बिरोध गरे

धरान । कार्तिक ३० शनिबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले आज धरानमा भारतीय बिस्तारबादको विरुद्धमा बिरोध र्याली सहित एक कार्यक्रम सम्पन्न गरेको छ । 
गत केही हप्ता अगाडि भारतले नेपालको कालापानी लिपुलेक स्थानलाई भारतले आफ्नो नक्शामा सार्बजनिक गरे देखि नेपालको विभिन्न संघ सस्था राजनीतिक दल र जनताले  बिरोध गर्दै आइरहेको छ । त्यसैले भारतिय बिस्तारवाद विरुद्ध नेपालमा दैनिक विभिन्न राजनीतिक दलले बिरोध कार्यक्रम गर्दै भारतले कब्जा गरेको नेपाली भुमि फिर्ताको माग गर्दै बिरोध गरेको छ ।  त्यसैले मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङले पनि बिरोध कार्यक्रम गरेको हो । यस अधि संगठनको संघिय सभाले बिरोध स्वरुप संघिय संयोजकद्वारा हस्ताक्षर प्रेस बिज्ञप्ती जारी गरेको थियो ।

धरानमा भएको कार्यक्रममा संघीय तथा जिल्ला नेताहरुले आफ्नो भनाई समेत राखेका थिए । उक्त कार्यक्रममा राष्ट्र भक्ति ब्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।