रोल्पा थबाङ गाउँपालिका वडा नं. १ को अध्यक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार जनक बुढा निर्वाचित - MONGOL KHABAR

Breaking

रोल्पा थबाङ गाउँपालिका वडा नं. १ को अध्यक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार जनक बुढा निर्वाचित

रोल्पा । मंसिर १४ शनिबार, थबाङ गाउँपालिका वडा नं. १ को अध्यक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार जनक बुढा निर्वाचित भएका छन् । शनिबार भएको उपनिर्वाचनमा उनी १७४ मत ल्याएर वडाध्यक्षमा विजयी बनेका हुन् ।

बुढा नेपाली कांग्रेसका उम्मेदवार कमल रोकालाई पराजित गरेर विजयी भएका हुन् । कांग्रेस उम्मदेवार रोकाले २६ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
उपनिर्वाचनमा दुई सय ९ जनाले मतदान गरेका थिए । ९ मत बदर भएको छ ।

उक्त वडाका अध्यक्ष फर्कबहादुर बुढाको मष्टिकाघातका कारण निधन भएपछि उपनिर्वाचन भएको हो । बुढाले स्वतन्त्रबाट चुनाव जितेका थिए ।