प्रथम ऐतिहासिक डाँडाझेरी नवलपुर महोत्सबको पत्रकार सम्मेलन - MONGOL KHABAR

Breaking

प्रथम ऐतिहासिक डाँडाझेरी नवलपुर महोत्सबको पत्रकार सम्मेलन

गैंडाकोट, ८ मंसिर ।  प्रथम ऐतिहासिक डाँडाझेरी महोत्सब–२०७६ को तयारी तीव्ररुपमा अगाडि बढेको छ । महोत्सबको तयारीका मूख्य कार्यहरु सकिएर प्रचारप्रसारलाई तीव्र पार्न लागेको महोत्सबको आयोजक डाँडाझेरी गैंडाकोट विकास समाज मूल समारोह समितिका अध्यक्ष दुर्गाबहादुर मसरा·ी मगरलले जानकारी दिनुभएको छ ।

‘पर्यटन प्रवद्र्धनको ठाउँः महोत्सब हेर्न डाँडाझेरी जाऊँ’ भन्ने मूल नाराका साथ यहि मंसिर १२ गतेदेखि १६ गतेसम्म बुलिङटार गाउँपालिका वडा नंं. २ स्थित डाँडाझेरीमा महोत्सब हुन लागेकोे आईतबार गैंडाकोटमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको छ ।

महोत्सबमा कुल ३० वटा स्टल रहनेछ भने महोत्सब विशुद्ध मुनाफारहित र विकट पहाडी क्षेत्रमा रहेको पर्यटकीय स्थललाई पहिचान गराउने लक्ष्य राखिएको आयोजकले जनाएकोे छ ।

महोत्सबमा मुख्य आकर्षणकारुपमा कालीगण्डकी नदिमा ¥याफटीङ गर्न सकिने, परापूर्वकालमा राजाले देह त्याग गरेको स्थल अवलोकन, धोर्मिक एवम् ऐतिहासिक स्थल : जलदेवि मन्दिर दर्शन, डाँडाझेरीको पहिचान, संस्कृति, रीतिरिवाज, परम्पराको अवलोकन, सुन्तलाको पकेटक्षेत्र अवलोकन र खरिद गर्नसकिने आयोजकले जनाएको छ ।

 नवलपुर जिल्लाको विकट पहाडी क्षेत्रमा आयोजना गरिएको महोत्सबको मुख्य प्रायोजक बुलिङटार गाउँपालिका रहेको छ भने सह–आयोजक बुलिङटार वडा नंं. २  र सह–प्रायोजक राना मेडिकल हल, जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोट, फो नाइन्टी नाइन रेस्टुरेन्ट रहेको जनाइएको छ ।

 महोत्सबको आयोजन ागर्न २० लाख रुपैयाँ लाग्ने लक्ष्य निर्धारण गरिएको छ भने यसमा ठुलो कारोवारभन्दा पनि पर्यटन प्रर्वद्धनलाई जोड दिइएको आयोजक समितिका अध्यक्षले जानकारी दिनुभएको छ । महोत्सबको प्रतिनिधिसभा सदस्य डा. शसांक कोइरालाले १२ गते दिनको १२ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महोत्सबमा सहभागि हुन सर्वसाधारणका लागि ५० रुपैयाँ र विद्यार्थीका लागि २५ रुपैयाँको टिकट व्यवस्था रहेको आयोजकले जनाएको छ । जिल्लाको ग्रामिण स्थलमा आयोजना गरिएको महोत्सब अवलोकन गरि यसस्थलमा विकास निर्माणको सहयोग पु¥याउन आयोजकले सबैमा आग्रह गरेको छ ।