धरान । कार्तिक २१ बिहिवार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संघिय सभाक निर्देशनमा संगठनका जम्बो टोलि आज २१ गत्ते बुधबार २० दिनका लागि घरदैलो कार्यक्रम गर्नका लागि संघिय सभाका अनुसासन बिभाग तथा एक नम्बर प्रदेश संयोजक शक्ति राईको नेतृत्वमा मूलवासी मंगोल जगाउ अभियान लिएर भोजपुर प्रस्थान गर्नुभएको छ
भोजपुर स्थित प्रत्येक मुलबासी मंगोलहरुको घरघरमा पुगेर मूलवासी मंगोलको अस्तित्वलाई ब्युँझाउने तथा संगठन बिस्तार गर्दै सदस्यता कार्ड वितरण गाउँटोलमा संगठन बिस्तारको साथै मुलबासी मंगोल मुक्तिको हक र अधिकारको लागि मूलवासी मंगोलहरुलाई एक जुट बनाउन मूलवासी मंगोलले पाउनु पर्ने हक र अधिकारलाई सुनिस्चित गर्ने जुन यो राज्यले गरेको दमन अनि आफुले मानिलिएको धर्म भेष भुषा भाषा र हामि यो देशको मूलवासी भएर पनि आदिबासी जनजाति मतवाली जस्ता घृणित बिल्ला हताउनको निम्ति मंगोल अभियान लिएर संगठनले गरेको निर्णयलाई लिएर विभिन्न जिल्ला जानेक्रममा आज भोजपुर प्रस्थान गरेको हो ।
राज्य सत्ताले मूलवासी मंगोललाई गरेको बिभेदको चर्को बिरोध गर्नु पर्ने र यो देशको राज्यसत्तामा मंगोल बर्णको पनि पुग्नु पर्ने भन्ने मूल्य मान्यतालाई ध्यानमा लिएर शान्तिपुर्ण बैचारिक अभियान लिएर भोजपुरको यात्राबाट देशैभरी संगठन बिस्तार गर्ने अभियान गर्न लागेको हो । यो अभियान एक नम्बर प्रदेशमा मात्र सिमित नभई देशै भरि अभियान चलाउने कार्यक्रम MNO DGG को रहेको एक नम्बर प्रदेश सचिब सबिन लिम्बुले बिदाईको क्रममा मंगोल खबरलाई जानकारी गराउनु भयो ।
