MNO.डा.गोपाल गुरुङ संगठनद्वारा भारत सरकारले शनिबार सार्बजनिक गरेको राजनीतिक नक्शाको घोर आपत्ति - MONGOL KHABAR

Breaking

MNO.डा.गोपाल गुरुङ संगठनद्वारा भारत सरकारले शनिबार सार्बजनिक गरेको राजनीतिक नक्शाको घोर आपत्ति

मंगोल खबर सम्बाददाता
काठमाडौ । कार्तिक २२ शुक्रबार, छिमेकी भारत सरकारद्वारा हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्शा प्रति ८० प्रतिशत मंगोलहरुको एक मात्र साझा संगठन मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले गम्भीर आपत्तिको साथ घोर बिरोध प्रकट गरेको छ ।
मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका संयोजक बिरलाल वालाहाङ राईले हिजो एक प्रेस बिज्ञप्ती जारी गरी भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्शा प्रति आपत्ति प्रकट गरेको हो । भारत सरकारले गत शनिबार सार्वजनिक गरेको नयाँ राजनीतिक नक्शामा नेपालतर्फको भूभाग ( कालापानी र लिपुलेक–लिम्पियाधूरा क्षेत्रको ३७२ वर्ग कि.मी.भन्दा बढ़ी ) लाई आफनो भूभागको रुपमा नक्शाङ्कन गरिएको विषय प्रति मंंगोल नेेेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले आपत्ति प्रकट गर्दै विज्ञप्तिमा त्यसको घोर विरोध र भर्सना गरिएको छ ।

नेपाली जनता सडकमा उत्रदा समेत नेपाल सरकार झन चितवनमा प्रशासन लगाएर दमन गरेको आरोप समेत संगठनले गरेको छ । नेपाल सरकारको तर्फबाट उच्च प्राथमिकता र जिम्मेवारी बोधका साथ कुनै प्रभावकारी राजनीतिक एवं कूटनीतिक कदम अगाड़ि बढ़ाउन नसकेकोमा नेपाल सरकार र नेतृत्वकर्ता प्रति संगठनले दुख प्रकट गर्दै खबरदारी समेत गरेको छ ।

छिमेकि मूलूक भारत संग सीमाविवाद रहेका २३ जिल्लाका सबै (७८ क्षेत्र) को बैज्ञानिक समाधानको लागि यथासिघ्र उचित पहल गर्न संगठनले जोड़दार माग समेत गरेको विज्ञप्तिमा जनाइएको छ ।