भारतिय मुलनिबासी बामसेफका राष्ट्रिय अध्यक्ष माननीय वामेन मेश्राम र पुर्ब संयोजक बिरलाल वालाहाङ बिच भेट्घाट हुदै - MONGOL KHABAR

Breaking

भारतिय मुलनिबासी बामसेफका राष्ट्रिय अध्यक्ष माननीय वामेन मेश्राम र पुर्ब संयोजक बिरलाल वालाहाङ बिच भेट्घाट हुदै

भारत । पौष ८ मंगलबार, भारतमा हुन गइरहेको भारतिय मुलबासीको संगठन बामसेफको राष्ट्रिय अधिबेशनको निमन्त्रणामा मंगोल नेशनल अर्गगनाइजेशन-डा.गोपाल गुरुङ संगठनका पुर्ब संयोजक भारत भ्रमणमा रहेका छन ।

नेपालका एक मात्र मुलबासी मंगोलहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको नेतृत्व गर्दै भारतिय मुलनिबासी बामसेफको राष्ट्रिय महाधिवेशनको निमन्त्रणामा भारत जानू भएको हो । पुर्ब संयोजकको नेतृत्वमा पुर्ब सचिब लोक तामाङ, संचार बिभाग प्रमुख जीवन मंगोल र मुलबासी न्युजका संचालक नरेन्द्र राई सहित चार जनाको टोली 20 Dec मा भारत गएका थिए ।

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङका पुर्व संयोजक बिरलाल राईको नेतृत्वमा उक्त टोली चार दिन देखि भारत भ्रमणमा रहेका छन । मंगोल खबरलाई प्राप्त जानकारी अनुसार आज भारतिय समय अनुसार दिउसो २ बजे भारतीय मुलनिबासीको संगठन बामसेफका राष्ट्रिय अध्यक्ष माननीय वामेन मेश्राम र मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङका पुर्व संयोजक बिरलाल राई बिच भेतघाट हुने भएको छ ।