भोलि खण्डग्रास सूर्यग्रहण लाग्ने, सरकारले देशैभर सार्बजनिक बिदा दिने तयारी - MONGOL KHABAR

Breaking

भोलि खण्डग्रास सूर्यग्रहण लाग्ने, सरकारले देशैभर सार्बजनिक बिदा दिने तयारी

काठमाडौं । पौष १० बुधबार, गृह मन्त्रालयले भोलि बिहीबार देशैभरी सार्वजनिक विदा दिने तयारी गरेको छ । यसका लागि गृह मन्त्रालयले भोलि विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ ।

भोलि बिहान नेपाल सहितका देशमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यही कारण विदा दिन लागिएको हो ।
विदाको लागि मात्रै मन्त्रिपरिषद बस्ने प्रचलन भने छैन । अब यो प्रस्तावको निर्णयका लागि गृह मन्त्रालयले पठाएको प्रस्ताव प्रधानमन्त्री कहाँ पठाइन्छ ।

मन्त्रिपरिषदको अध्यक्षको हैसियतमा प्रधानमन्त्रीको स्वीकृति पछि यो प्रस्ताव मुख्य सचिवले प्रमाणीकरण गर्छन् । प्रमाणीकरण भए सँगै यो प्रस्तावले मन्त्रिपरिषदबाट पारित भए सरहको मान्यता पाउनेछ ।

भोलि लाग्ने खण्डग्रास सूर्य ग्रहण नेपाल, भारत, श्रीलंका लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तर पश्चिम अस्ट्रेलिया, पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँ बाट देख्न सकिनेछ । नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने र १० बजेर ०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि २ घण्टा ४९ मिनेटको रहनेछ ।

विशेष यो खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भई पूर्व र दक्षिण को बीचमा मोक्ष हुनेछ ।