चीनबाट प्याज भित्रीन थाले पछि प्याजको मूल्य घट्यो - MONGOL KHABAR

Breaking

चीनबाट प्याज भित्रीन थाले पछि प्याजको मूल्य घट्यो

काठमाडौ । मंसिर, चीनबाट प्याज भित्रिन थालेपछि नेपाली बजारमा प्याजको मूल्य घटेको छ । पछिल्लो साता २ सय ४५ प्रतिशतसम्म बढेको प्याज दुई दिनमा ११ प्रतिशतले घटेको हो ।
शनिबार खुद्रा मूल्य १ सय ९० रुपैयाँ प्रति किलोग्राम घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि प्याज प्रति किलोग्राम २ सय ४० रुपैयाँसम्म पुगेको थियो ।
दुई दिनयता भने प्याजको मूल्य घटेको छ । कालीमाटी बजारमा सुकेको प्याँज १ सय ९० र सेतो प्याँज १ सय ८० रुपैयाँमा विक्रि भएको छ ।
चीनबाट आयात प्याज कालीमाटीसम्म आइपुग्दा प्रति किलो ८० रुपैयाँ पर्न आउँछ ।