आज बर्ष भरिकै सबै भन्दा छोटो दिन, बिहान ६:५१ सुर्योदय भएर साझा ५:१४ मा सुर्यास्त हुदैछ - MONGOL KHABAR

Breaking

आज बर्ष भरिकै सबै भन्दा छोटो दिन, बिहान ६:५१ सुर्योदय भएर साझा ५:१४ मा सुर्यास्त हुदैछ

काठमाण्डौ । पौष ६ आइतबार, आज वर्ष भरिकै सबै भन्दा छोटो दिन हो । बिहान ६ः५१ मा सूर्योदय भएर साँझ ५: १४ मा सूर्यास्त हुँदैछ ।

पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो। दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ । हरेक वर्ष हुने यो सोल्सटाईस डिसेम्बरको २१ वा २२ मा पर्ने खगोल वैज्ञानिकहरु बताउँछन् । तर अहिलेको आधुनिक पात्रोमा रहने ३६५ दिन र हरेक चार वर्षमा १ दिन थप हुने कारणले यो डिसेम्बर २०, २१, २२ वा २३ मा पनि पर्न सक्दछ ।

ग्रेगोरी वा अंग्रेजी पात्रो अनुसार हरेक वर्ष डिसेम्बर २१ तारिखलाई वर्ष भरिकै छोटो दिन मानिन्छ । तर नेपाली पात्रोमा भने यो दिन एउटै गतेमा नपरी ज्योतिषीय गणना अनुसार तलमाथि पर्ने गर्दछ । यस दिनपछि पृथ्वीको उत्तरी गोलाद्र्धमा दिनमान बढ्न थाल्छ र रात छोटा हुन थाल्छन् ।

दक्षिणी गोलाद्र्धमा भने यसको विपरीत दिन छोटो र रात लामो हुन थाल्छ । यो परिवर्तनलाई उत्तरी गोलाद्र्धमा हिउँदको चरमबिन्दु मान्ने गरिएको छ । लोकमा दिन लामा हुनथालेपछि न्यानो बढ्ने र वर्षायामको आरम्भ हुनथालेको मानिन्छ ।