एमएनओ–डा.गोपाल गुरुङ कसरी गठन भयो ? - MONGOL KHABAR

Breaking

एमएनओ–डा.गोपाल गुरुङ कसरी गठन भयो ?

काठमाडौ । मंसिर २९ आइतबार, २०७४ माघ २५ (८ फेब्रुवरी २०१८) गतेका दिन सुनसरी जिल्लाको धरानमा बसेको बृहत राष्ट्रिय भेलाले बीरलाल राईको संयोजत्वमा मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ गठन भएको हो ।

एमएनओ–डा.गोपाल गुरुङ कसरी गठन भयो ?
दिवंगत लोकतन्त्रवादी, मानवअधिकारवादी नेता डा.गोपाल गुरुङद्वारा लिखित नेपाली राजनीतिमा अदेखा सचाइ पुस्तकको कारण पंचायतकालमा जेल पर्दा भद्रगोलमा जनवरी १, १९८९ मा स्थापना भएको मंगोल नेशनल अर्गनाइजेशनले स्थापनाकाल देखिको संगठनको नीति, सिद्धान्तलाई २०७४ मंसिर १० र २१ गते सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव पछि भएको चुनावी समिक्षा बैठकले बहुमतको दम्भसहित अवैधानिक ढंगले केन्द्रीय सभा, प्रदेशसभा विघटन गर्नुको साथै चुनावमा बाहुन क्षेत्रीले (खसआर्य) साधारण सदस्य समेत नपाउने एमएनओको नीति हुँदा हुँदै गंगा पौडेल र भिमकुमारी बंशी ठकुरी खस आर्यलाई टिकट बाँडेको र उम्मेद्वारी दिएको हुँदा सैद्धान्तिक मत विभाजन आएको थियो । फलस्वरुप संस्थापन पक्षधरले बाहुन क्षेत्रीलाई समावेशी चरित्र अनुरुप स्वीकार्ने अडान पश्चात एमएनओ–डा.गोपाल गुरुङ गठन भएको हो ।

सन् १४९५ तिर भारतको मुगोल सम्राट अलाउदिन खिलजीको आक्रमणमा परि नेपाल भित्रिएका शासकहरुबाट प्रताडित मूलबासी मंगोलहरुको लुटिएको आफ्नो अधिकार स्थापित गर्न, विभाजित मूलबासी मंगोलहरुलाई संगठित गरेर एउटा साझा संगठनका रुपमा स्थापित गर्न डा.गोपाल गुरुङले २ दशक कुर्नु प¥यो । स्थापनाकालदेखि संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षको वकालत गर्दै आएको यस संगठनले राज्यले लामो समय देखि अवलम्बन गरेको वर्णभेदी नीतिको बिरुद्ध लड्दै आएको थियो । जातीयताको बिरोध गर्दै जातीयताले एउटै समुदायलाई फुटाउने भएकाले मूलबासी मंगोलहरु सबै एउटै वंशजको हुँदा एकभई आफ्नो इतिहास, संस्कृति र अस्तित्व रक्षा गर्न आह्वान गर्दै आएको थियो ।

शासक बाहुनक्षेत्रीको एकलौटी शासन बिरुद्धको छुट्टै धारका रुपमा स्थापित अर्गनाइजेशनले यो देशका मूलबासी मंगोल पहिलो नीतिको रुपमा वकालत गर्दै बहुसंख्यक मूलबासी मंगोलहरुले शासन गर्नु पर्ने आवाज उठाउदै आएको थियो । शासक वर्गका बाहुन क्षेत्रीहरुले थोपरेका राजनैतिक, आर्थिक, धार्मिक, शैक्षिक र सामाजिक तथा सांस्कृतिक विभेदलाई रुपान्तरण गर्दै न्यायपूर्ण समानताको स्थापना गर्नु मुख्य उद्देश्य हो, परन्तु ठीक विपरित शासक वर्गको नीतिलाई स्वीकार्दै डा.गोपाल गुरुङको दर्शनलाई आत्मासर्मपनवाद, संशोधनवादमा पु¥याएर विर्सजन गरेको कारण नवसंशोधनवाद, आत्मासमर्पनवादको बिरुद्ध मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङको स्थापना भएको हो ।

अर्गनाइजेशन
मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङको विश्वव्यापी प्रवास संगठनहरु गठन भएको छ । एमएनओको सबैभन्दा पुरानो प्रवास संगठन मलेसियाले आत्मासमर्पनवादलाई अस्वीकार गर्दै आदिकारी रुपमा एमएनओ–डा.गोपाल गुरुङमा समाहित भएको हो । त्यसैगरी प्रवास सभा कतार, दुवई, अफ्गानिस्तान, बहराइन, कुवेत, साउदी अरब, अमेरिका, हंकङ, साइप्रस लगायतमा सकृय रहेको छ ।

आंगिक संगठनहरु
मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङको आंगिक संगठन पनि गठन भएका छन् । हालसम्म मंगोल युवा संगठन, भूपु सैनिक संगठन, विद्यार्थी संगठन, मंगोल नारी संगठन, मजदुर संगठन, गठन भएका छन् । अन्य शिक्षक, प्राज्ञिक, कला साहित्य दर्जन बढि संगठनको लागि वैधानिकता दिएको छ ।