तेश्रो ऎतिहासिक सुनसरी जिल्ला अधिबेशनको बन्द सत्र सम्पन्न - MONGOL KHABAR

Breaking

तेश्रो ऎतिहासिक सुनसरी जिल्ला अधिबेशनको बन्द सत्र सम्पन्न

धरान । मंसिर २१ शनिबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ सुनसरी जिल्ला सभाको तेश्रो अधिबेशनको बन्द सत्र कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संघिय सभाका संयोजक वीर लाल वालाहाङ राई प्रमुख अतिथी रहनु भएको थियो । बिशेश अतिथीमा संघिय अनुशासन बिभाग प्रमुख तथा प्रदेश नम्बर १ का संयोजक शक्ति चाम्लिङ राई, अतिथिहरुमा क्रमश: नरेन्द्र थुलुङ, लोक तामाङ, कान्छा राई, दिलु राई, जगत ठाडा अमित याक्खा, जय बहादुर आले मगर, अमृता राई केन्द्रिय सल्लाहकार सुक बहादुर लिम्बू रहनुभएको थियो ।

कार्यक्रममा सुनसरी जिल्ला नारी सभाका अध्यक्ष अमृता राईको स्वागत मन्तव्य पछि पुर्ब सचिब जय बहादुर आले मगरद्वारा सुनसरी जिल्ला सभाको कार्यप्रगती बिबरण पेश गर्नुभएको थियो । त्यसै गरि सुनसरी जिल्ला सभाका कोषाध्यक्ष जुनु राईले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।

उक्त विघटन सुनसरी जिल्ला सभाका पुर्ब कार्यसमितीलाई केन्द्रिय सदस्य जगत ठाडा मगर, संघिय अनुशासन बिभाग प्रमुख तथा प्रदेश १ संयोजक शक्ति राई, संघिय सभा सचिब लोक तामाङ र प्रमुख अतिथी संघिय संयोजक वीर लाल वालाहाङ राईले धन्यवाद दिनुभएको थियो ।

कार्यक्रम संचालन अमृत सुस्लिङ मगरको संचालनमा पुर्ब अध्यक्ष काजीराम राईको सभापतित्वमा महेन्द्रपथ स्थित रहेको अग्रसेन स्मृति भवनमा सम्पन्न भएको थियो ।