समाजबादी पार्टी कम्युनिष्ट सरकारबाट बाहिरिने निर्णय - MONGOL KHABAR

Breaking

समाजबादी पार्टी कम्युनिष्ट सरकारबाट बाहिरिने निर्णय

काठमाडौं । पौष ८ मंगलबार, समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए । साथै उक्त पार्टीबाट रहेको राज्यमन्त्रीको पद खोसिएको थियो ।

संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो ।