ऎतिहासिक तेस्रो सुनसरी जिल्ला अधिबेशल सफलतापुर्बक सम्पन्न - MONGOL KHABAR

Breaking

ऎतिहासिक तेस्रो सुनसरी जिल्ला अधिबेशल सफलतापुर्बक सम्पन्न

सुनसरी । मंसिर २२ आइतबार, धरान सुनसरी जिल्ला सभाको ऎतिहासिक तेश्रो जिल्ला अधिबेशन धरानमा भब्य सम्पन्न भएको छ ।
र्याली धरान सदन स्कुल चोक मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनको कार्यालयबाट सुरु भई माछा भवन, सिंह देबि चोक, धरान उपमहानगरपालिका, सैनिक चोक हुँदै भानु चोक सम्मको खुल्ला मैदानमा हजारौंको संख्यामा कार्यकर्ताले शान्तिपुर्ण र्याली सहित लोकतान्त्रिक चोकमा आईपुगेको थियो ।

उक्त ऎतिहासिक सुनसरी सभाको तेश्रो अधिबेशनमा संघिय सभाका संयोजक वीर लाल वालाहाङ राई प्रमुख अतिथी रहनु भएको थियो । विशिष्ट अतिथिहरुमा संगठनका मुलसचिब बर्णबास दर्लामी, संघिय सचिब लोक मोक्तान, संघिय कोषाध्यक्ष दिनेश बान्तावा र संघिय अनुशासन प्रमुख तथा प्रदेश १ को संयोजक शक्ति चाम्लिङ राई रहनुभएको थियो । अतिथिहरुमा संघिय सदस्य जगत ठाडा मगर, संघिय युबा प्रमुख अमित याक्खा राई, संघिय सदस्य दिलु सुहाङ, संघिय संचार प्रमुख जीवन मंगोल, संघिय सदस्य बिमला पुन मगर, प्रदेश ३ का युबा संयोजक मन्दिरा मोक्तान, संघिय सदस्य पुर्खाराम प्रजा, लगायतका रहेका थिए ।

कार्यक्रममा सुनसरी नारी सभाका अध्यक्ष अमृता राईले स्वागत मन्तव्य रहेको थियो । त्यसै गरि अधिकांश अतिथिहरुले मंगोल मुक्ति, मंगोल अस्तित्व र मंगोल भुमिको अतिक्रमण बाहुनबादले नष्ट गर्न खोजिरहेको र त्यसको रक्षाको लागि मंगोल योद्धा तयार भैइसकेको खस आर्यलाई खबरदारी गरेको थियो ।

तेश्रो ऎतिहासिक जिल्ला अधिबेशनबाट काजिराम राईको अध्यक्षमा २५ जना सदस्य र २ जना सल्लाहकार सहित नयाँ कार्यसमिती घोषणा संघिय मुलसचिबले खुल्ला सभामा प्रस्तुत गर्नुभएको थियो । साथै प्रमुख अतिथी, विशेष अतिथी र अतिथिहरुलाई कार्यकाल सफलताको शुभकामना तथा बधाई दिएका थिए ।

कार्यक्रममा मकवानपुर, सुनसरी र सप्तरीका सास्कृतिक बिभागका कलाकारहरूले उपस्थितिहरुलाई मंगोल संगितबाट अब सुतेर होइन, डतेर मंगोल मुक्तिको लागि सन्देश मुलुक गित र नृत्यबाट मनोरञ्जन दिएका थिए ।

उक्त कार्यक्रम धरानको लोकतान्त्रिक चोकको खुल्ला मैदानमा काजिराम राईको सभापतित्वमा कार्यक्रम संचालन साहारा मंगोलले गर्नुभएको थियो ।