अस्तित्व विहिन हुनु भनेको किरा फट्याङ्ग्रा सरह हुनु हो जसलाई न बाँचेको थाहा छ, न मरेेको थाह छ - MONGOL KHABAR

Breaking

अस्तित्व विहिन हुनु भनेको किरा फट्याङ्ग्रा सरह हुनु हो जसलाई न बाँचेको थाहा छ, न मरेेको थाह छ

नवलपुर । मंसिर २५ बुधबार, कल्पनाको नेपाल बुझ्ने जमात हुर्कदै छ । हाललाई यस्तो जमात सृजना भएको नै रहेनछ,भन्ने अनुभव भएको छ मलाई । हाम्रो लडाई अस्तित्वको निम्ती हो । त्यसैको निम्ति पहिलो चरणमा गणतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियताको आवश्यक्ता थियो त्यो आएको छ । तर नक्कली रुपमा मात्र आएको छ । यसलाई सक्कली बनाउनु छ । यसमा हामी ८०% अहिन्दु मुलबासी मंगोल जुट्नु जरुरी छ ।

पितललाई सुन भनि दिदाँ सुन भनेर रमाउने नेताहरुमा त्यो बुझ्ने क्षमता रहेनछ । यिनिहरुको रगत रगतमा ४४९ बर्ष देखिको दास्ता दौडिरहेको छ । रणबहादुर शाहले १७९६ मा मतवाली भनी दियो र बाहुनको खुट्टा हिन्दु समाजको शुत्र अथवा कुकुर सरह बनाई दियो ।

हिजो अस्ति सम्म मतवाली भन्न गर्भ गर्थ्यो । अब बाहुनको पैताला चाट्ने देश नै नहुने जमात जनजाति फिरिङगे Gypsy बनाई दिएको छ । त्यसमा मख्ख छ । अस्तित्व विहिन हुनु भनेको किरा फट्याङ्ग्रा सरह हुनु हो जसलाई न बाँचेको थाहा छ, न मरेेको थाह छ ।

पद्मा सुन्दर लावती एसएलसी सम्म पास नगरेको मान्छेलाई राजा महेन्द्रले शुद्र बनाए पछि अर्थात बाहुनको खुट्टा कुकुर सरह बनाए पछि गृहमन्त्री दिएको थिए । अहिलेका मन्त्रीहरु र सभाध्यक्ष भनेको एकातिर हिन्दु समाजको अति शुद्र अछुत जाति जनजाती बाहुनको पैताला बनाइए पछि अस्तित्वहीन बनाइए पछि त्यस पदमा पुर्‍याइएका छन ।

बाहुनको पैताला चटाएर र देशै नहुने ब्यक्ति जनजाति Gypsy बनाएर एक / दुई जनालाई भरिया,अरौटे,भरैाटे र बैठके बनाएर मन्त्री पद त हिजो महेन्द्र ,विरेन्द्र काङ्ग्रेस र एमालेले र माओबादीले पनि दिएकै थिए ।

दयाको पात्र बनाएर यो कुन ठुलो कुरा भयो र ? हाम्रो लडाई अस्तित्वको निम्ति हो । आफनो मुलुकमा आफनो छोरा, नाति, नातिनि र आगामि शताव्दीऔ शताव्दी पछि जन्मने तपाई हामी अहिन्दु मूलवासी मंगोलको निम्ती हो ।

हाम्रो लडाइँ दास्ताबाट मुक्ति दिलाउने लडाई हो । भारतमा माहात्मा गान्धीले लडे जस्तो दक्षिण अफ्रिकामा नेलशन मण्डेलाले लडे जस्तो र अमेरिकी काला राष्ट्रपति बाराक ओबामाले भने जस्तो । यो हाम्रो दर्शन अस्तित्वको लडाई बुझने क्षमता राख्न नयाँ पिडि तयार हुदैछ ।

नयाँ पिडि जन्मदैछ । यो मतावाली शुद्र अतिशुद्र जनजाति फिरिङ्गे देश नै नहुने जमातले त्यो एक रती पनि बुझ्न सक्दैन । माओवादीकोे नाममा गरिएको लुटपाट, तस्करी र लुटेर मोज गरिरहेका गाडिहरु कमाएका अतुल सम्पति र शक्ति दिर्घकालिन होइन । त्यसैले मुलबासी मंगोल दयामा होइन अधिकारमा बाच्न जरुरी छ ।

काङ्ग्रेस शक्तिमा आयो १५५९ मा हाम्रो पुर्खाकोे टाउको काटेको खुसियाली मनाउन विजया दशमीको घोषणा गर्‍यो । महेन्द्रले १९६६ मा गाईलाई राष्ट्रिय पशु बनाए ।

अमर युग पुरुष डा.गोपाल गुरुङको भनाई जस्ताको तस्तै उतार्ने प्रयास गरेको हो ।
लेखक / जगत ठाडा मगर