डा.गोपाल गुरुङ को हुन ? बुझ्नको लागि share गरि पढ्न जरुरी - MONGOL KHABAR

Breaking

डा.गोपाल गुरुङ को हुन ? बुझ्नको लागि share गरि पढ्न जरुरी

काठमाडौ । पौष ३ बिहिवार, कम्युनिष्ट राजनीतिज्ञ बुबा तेजबहादुर गुरुङ र आमा कुमारी गुरुङका जेठा छोरा गोपाल गुरुङको जन्म  २७, १९३५ मा दार्जीलिङको महानदीमा भएको थियो । सन् १९५२ देखि इलामको कोलबुङमा टाट्नोले बेरेको स्कुल खोल्दै शिक्षण पेशामा आवद्ध भएका थिए । शिक्षण पेशालाई धेरै लामो समयसम्म अगाल्न नसके पनि गुरुङले झापाको गौरीगञ्ज, धरान डिपोट, काठमाडौँ र पश्चिममा पर्वत जिल्लाको राखुसम्म पुगेका थिए ।

डा.गुरुङ सानै उमेरदेखि साहित्यमा पनि लम्किएका थिए । विश्व नेपाली साहित्य संघको महामन्त्री समेत बनेका गुरुङले सन् १९६४–०६५ तिरै शेष–यात्रा (उपन्यास), शेष–प्रश्न, शेष–प्राण (कथा संग्रह), शेष–कविता (कविता संग्रह) हरु प्रकाशित गरेका थिए ।

उनी साहित्य विधाका साथै ख्याति प्राप्त लेखक पत्रकार पनि हुन् । गुरुङले सन् १९६७ देखि नेपाली साप्ताहिक न्युलाइट र अंग्रेजी ठन्डरवोल्ट नामक साप्ताहिकको धेरै वर्ष सम्पादन समेत गरेका थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सल्लाहाकार, प्रेस फाउण्डेसन अफ एसिया मनिला फिलिपिन्सका पूर्व कोअर्डिनेटर कन्सल्ट्यान्ट समेत हुन् ।

सन् १९८६ मा जापानको मित्सु बिसबिसीद्वारा स्थापित पुरस्कारको निम्ति छनौट भएका थिए भने जापानको ओपन रिलेशन हुइथ अदर एसिएन कन्ट्रिज शीर्षकको लेख छनौट भएको थियो । यसले पनि गुरुङलाई शक्तिशाली लेखक भएको मान्न सकिन्छ । आफ्नै सम्पादकीय रहेको न्युलाइट मार्फत लोकतन्त्रको जोड्दार आवाज उठाए, कलम चलाए र बोले ।

सन् १९७२ देखि लोकतन्त्रको जोडदार आवाज उठाएका थिए । महेन्द्रलाई भेटी नेपाललाई लोकतान्त्रीक मुलुक घोषणा गर्न आग्रह गर्दा महेन्द्रले उल्टै हिन्दु राष्ट्र घोषणा गरे पछि डा.गुरुङ राजाहरुको जरो उखेल्न जोडतोडका साथ लागे । बाहुन क्षेत्री समुदायले गरेको अन्यायको भण्डाफोर गर्दै सन् १९८५ मा पुस्तक लेखे । दोस्रो संस्करण सन् १९८५ मा प्रकाशित भए पश्चात राजगद्धि ताकेको र साम्प्रदायिक फैल्याएको आरोपमा ३ वर्ष भद्रगोल जेलमा सडिनु प¥यो । जेलभित्रै मंगोल नेशनल अर्गनाइजेशन संगठनको स्थापना गर्दै १९९० मा जेल मुक्त भएका थिए ।

नब्बेको दशकयता गुरुङले मंगोलवादको विषयमा भारतको बिभिन्न भेगमा नेपालको लगभग ३ दर्जन जिल्लामा पुगेर संगठन बिस्तारमा आफ्नो समय बिताए । डा. गुरुङ नेपाली बाहेक अंग्रेजी, हिन्दी र बंगाली भाषा परर बोल्न र लेख्न सक्ने व्यक्ति थिए ।

हिन्दु राष्ट्रक बिरोध गर्ने क्रममा जेल जानु परेको ‘नेपाली राजनीतिमा अदेखा संचाई’ नामक प्रतिबन्धित पुस्तकमा सामन्तिहरुको भण्डाफोर गर्दै मूलबासी मंगोलहरु जाग्नु पर्ने कुराको मिहिन ढंगले आवाज उठाइएको पाइन्छ । सोही पुस्तकले सिक्किममा नर वहादुर भण्डारीको शासनको अन्त्य भएको चर्चा अहिले पनि चल्ने गरेको छ ।  साम्प्रदायिक सदभाब भड्काएको आरोपमा उनी जेल बसेका हुन् । यो आरोपमा जेल पर्ने सायद उनी पहिलो नेपाली हुन् ।

०४४ साल साउन १ गते पक्राउ परेका गुरुङ ०४६ साल चैत्र ११ गते छुटेका थिए । ०४७ सालमा नयाँ संबिधान जारी भए पछि गुरुङले त्यसलाई दरबारिया, कांग्रेस, एमाले र बाहुनक्षेत्रीको साझा दस्ताबेज बताएर बिरोध गरे । संबिधान जलाउँदा उनका कार्यकर्ता पक्राउ पनि परे । ०५२ साल मङ्सिर २९ मा उनले राजा बीरेन्द्रलाई राष्ट्रपति भएर बस्न, नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्न प्रान्तीय सरकार प्रणालीको माग गरे । त्यसगरी ज्ञानेन्द्रलाई पनि गुरुङले ०५८ साल श्राउन १२ गते ज्ञानेन्द्रलाई आजीवन राष्ट्रपति भएर बस्न र धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न आग्रह गरे ।

‘अस्तित्वको खोज मंगोलको र एमएनओमा डक्टरेट (पिएचडी)’ मार्च २००१ म गुरुङको दोस्रो पुस्तक प्रकाशित भएपछि यसैको अंग्रेजी संस्करण ९क्ष्ल त्तगभकत या ःयलनय िभ्लतष्तथ बलम म्यअतयचबतभ ९एजम्० यल ःल्इ० जुलाई २००१ मा र यसै पुस्तक तेस्रो पटक मलेशियाबाट २००८ मा प्रकाशित पछि पुस्तक जफत गरियो । पाँच वर्ष भूमिगत र निर्वासित जीवन विताउनु प¥यो । र उनको अनुपस्थितिमा आफ्नै बहिनी लगायत दुइ कार्यकर्तालाई पुलिस हिरासतमा नौ महिना बिताउनु परेको थियो ।

पञ्चायतकालमा गुरुङद्वारा लिखित पुस्तक नेपाली राजनीतिमा अदेखा सच्चाइ पढे पछि गोरेबहादुर खपांगी, एमएस थापा मगर, गोपाल किराती र सिक्किममा पवन चाम्लिङहरुको उदय भएको थियो । दार्जिलिङ्गे नेता सुभाष घिसिङ पवन चाम्लिङहरु बेला बेला ललितपुर धाइरहन्थे गोपाल गुरुङसंग आर्शिवाद थाप्न । आज उनीहरु आफ्नो दुनो सोझ्याएर मन्त्री बने कोही मुख्य मन्त्री । गुरुङ भने मृत्य हुँदा समेत राज्य मिडिया बेखवर बने । सधै बाहुन क्षेत्रीको अतिवादको बिरोध गरेकै कारण यो नियती भोग्नु प¥यो ।

निर्बाचन आयोगले साम्प्रदायिक भएको भन्दै ०४७ सालमा एमएनओलाई दर्ता दिएन । तल्लो बेन्च देखि माथिल्लो वेन्च सर्वोच्च अदालत सम्म लडे तर हराएरै छाडे सबै बाहुनबादीहरुले । सन् १९९३ देखि लगातार ३ वर्ष अमेरिकी महिला सुसन हंगेनले मंगोल नेशन अर्गनाइजेशनको बारे र गोपाल गुरुङको दर्शन बारे शोध गरि अमेरिकाको विस्कन्सीन बिश्वबिद्यालयबाट डक्टरेट गरे । त्यसपछि एमएनओको विषयले अन्तराष्ट्रिय जगतमा प्रवेश पायो । बिस्तारै शासकहरु गल्दै गए ।

सन् २००५–००६ मा जनआन्दोलन सृजना भयो ।  अन्ततः एमएनओ निर्बाचन आयोगमा ४९ औं पार्टीका रुपमा दर्ता भयो ।

दुरदर्शी नेता डा.गोपाल गुरुङ राज्य वनाउदा लिम्बुवान, किरांत, मगरात, ताम्सालिंङ, तमुवान हुनु नहुने अरु खोला, नाला एबम् भुगोलका आधारमा संघिय राज्यको अडानबाट कहिले पछि नहट्नु, लोकतन्त्र, धर्मनिरपेक्ष र राष्ट्रपति शासनमा आफूलाई एक दुरदर्शी प्रमाणित गरे । २१औं शताब्दीका महामानव डा.गुरुङ सरल अनि कठोर  स्वाभावका थिए । यस्ता महामानव युगपुरुषलाई राज्यले गुम्नाम मात्र बनाएन । गोपाल गुरुङको छाया समेत मेट्न चाहयो ।

पेज बाट साभार