काठमाडौं । एक वर्ष अघि सामाजिक सञ्जालमा भाइरल भएको ‘बसकाण्ड’मा संलग्न युवकलाई पक्राउ गरी प्रहरी आज सार्वजनिक गरेको छ।
चितवन भरतपुर घर भई बानेश्वर बस्ने रविन सार्की भन्ने रविन रुचाललाई प्रहरीले पक्राउ गरेको हो । सोमबार साँझ चितवनबाट पक्राउ गरिएका उनलाई काठमाडौं ल्याइएको छ । प्लस टुसम्म पढेको बताउने उनले सार्वजनिक बसभित्र हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा बिर्य पारेका थिए । त्यो भिडियो सामाजिक सञ्जाल तथा पोर्न साइटहरुमा समेत अपलोड भएको थियो।
घटनामा संलगनलाई कारबाही गर्न माग भएपनि कोही पक्राउ परेका थिएनन् । प्रहरीका अनुसार रुचाल काठमाडौंमा रिक्सा चलाउने काम गर्थे । उनले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर यस्तै अश्लील भिडियोहहरु अपलोड गर्ने र भ्यूअरको आधारमा पैसा कमाउने सोचले यो गरेका थिए । तर भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा धेरैले आलोचना गरे र, उनी २०१९ फेब्रुअरीमा भागेर भारतको दिल्ली पुगेका थिए । त्यहाँ करिव ३ महिना मःम प्याक्ट्रीमा काम गरेका उनी कश्मीर पुगे । त्यहाँ पनि करिव ४ महिना बसेका उनी चितवन फर्किएका थिए ।
