नेवा मिसा गैडाकोट नगरसमितिको आयोजनामा संयुक्त बेल बिबाह सम्पन्न - MONGOL KHABAR

Breaking

नेवा मिसा गैडाकोट नगरसमितिको आयोजनामा संयुक्त बेल बिबाह सम्पन्न

नवलपुर । माघ ४ शनिबार, नेवा मिसा गैडाकोट नगरसमितिको आयोजनामा श्रीराम पार्टी प्यालेसमा माघ ३,४ गते भएको दुई दिने बेल विवाह आज सम्पन्न भएको छ ।
कार्यक्रमको शुभारम्भ गैडाकोट नगरपालिकाका उपमेयर विष्णुकुमारी कंडेल सापकोटाज्यूले गर्नु भएको थियो । वहाँले नेवारी संस्कृतिको संरक्षणमा नेवा मिसा दबू नगरसिमितको प्रशंसा गर्दै महिलाहरूले यस्ता सामाजिक कार्यहरूमा अग्रसर भएर अगाडि बढनु पर्ने सुझाव दिएका थिए । उक्त कार्यक्रममा  १३ जना कन्याको सहभागिता रहेको थियो भने सो कार्यक्रमा भक्तपुर निवासी नेवारी पण्डित हरशरण राजोपाध्यायज्यूले बेल विवाहको सम्पूर्ण कर्म गराउनु भएको थियो ।
कार्यक्रममा नेवा मिसा दबूका अध्यक्ष सिता श्रेष्ठले नेवारी संस्कृति अनुसार हामी महिलाहरू अगाडि बढनु पर्ने आवश्यकता औल्याउदै यस्तो पवित्र कार्यमा सबैको सहयोगको आवश्यकता रहेको एवं यस कार्यक्रम संचालन गर्दा जस्तो सुकै समस्य आई परे नेतृत्व विकासमा यस्ता कार्यक्रमहरूले आफूलाई निडर हुने आट एवं साहस प्रदान गरेको वहाँले बताउनु भएको छ । वहाँले थप्दै भन्नु भयो यस कार्यक्रमलाई सहयोग गर्नु हुने विभिन्न ब्यक्ति तथा संस्थाहरू सम्पूर्णलाई धन्यवाद पनि दिनुभएको थियो ।