विभिन्न पार्टी परित्याग गरि ललितपुरमा मंगोलमा प्रबेश - MONGOL KHABAR

Breaking

विभिन्न पार्टी परित्याग गरि ललितपुरमा मंगोलमा प्रबेश

काठमाण्डौ, माघ ११ मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संगठनमा विभिन्न पार्टीका २० जना नेता कार्यकर्ताहरुले प्रवेश गरेका छन् ।

एकान्तकुना, ललितपुरमा शेरप तामाङको विशेष पहलमा आयोजित प्रशिक्षण कार्यक्रममा संगठनका पूर्व मूल सचिव वर्णवास दर्लामीले खादा ओढाई नवप्रवेशीहरुलाई स्वागत गर्नु भएको थियो ।

प्रशिक्षणमा शेरप तामाङ, आरेन राईले मन्तव्य राख्नु भएको थियो भने जीवन मंगोलले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

प्रशिक्षण कार्यक्रम पस्चात  हेमबहादुर थामीको संयोजकत्वमा ९ सदस्यीय सिन्धुली जिल्लाको दुधौली नं.पा.–७ वडा सभा गठन भएको छ  ।