ब्लड क्यान्सर भएपछि १९ महिने अर्विनलाई बचाइदिन ३ करोड नेपाली समक्ष सहयोगको अपिल - MONGOL KHABAR

Breaking

ब्लड क्यान्सर भएपछि १९ महिने अर्विनलाई बचाइदिन ३ करोड नेपाली समक्ष सहयोगको अपिल


काठमाण्डौ / अर्विन थामीलाई ब्लड क्यान्सर भए पछि यतिवेला बुवा पदमबहादुर थामी र आमा उर्मीला थामीको रुवाबासी चलेको छ । 
दोलखा जिल्ला कालिञ्चोक–२ पुपुर्चाका पदम थामीले  आफ्नो १९ महिने कान्छो छोरा एक्कासी बिरामी हुनथालेपछि कान्तिवाल अस्पतालमा भर्ना गरेको थिए तर छोरालाई ब्लड क्यान्सर भएको डाक्टरले बताए पछि बाबु पदम थामी कसरी खर्च जुटाउने भन्ने चिन्तामा छन् । 
आफै पथरीयाको औषधी खाइरहेको बुवा पदम थामी छोरा अर्विनलाई बचाइ दिनुस भनेर मंगोल खबरका प्रतिनिधि संग सहयोगको अपिल गरिदिन आग्रह गर्नुभएको छ । 
‘आर्थिक अवस्था कम्जोर छ, ऋण काढेर सकेको उपचार गरिरहेको छु म सामु अरु विकल्प छैन त्यसैले देश विदेशमा रहेका नेपाली सामु मेरो छोरा बचाइदिन अपिल गर्दछु ।’ उनले भने ‘तपाईहरुको सहयोगले मेरो छोराले नयाँ जीवन पाउने छ ।’  यदि यी नाबालकला अर्विन थामीलाई सहयोग गर्न चाहनु हुन्छ भने तल उल्लेखित ठेगानामा सम्पर्क  गर्नु होला । 



सम्पर्क 
पदमबहादुर थामी मोबाइल नं. ९८६५५९९७३५ 

प्रभु बैंक लि. 
चरिकोट
पदम बहादुर थामी 
खाता नं. ०१८०१३०१३६४९३५०००००१ 
थम जानकारीको लागि 
जीवन मंगोल ः ९८४१३२५३१२