नवलपुरको गण्डकी आवासीय माध्यामिक विद्यालयले आफ्नो १० औं बार्षिकोत्सव तथा अभिभावक दिवसका अबसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने - MONGOL KHABAR

Breaking

नवलपुरको गण्डकी आवासीय माध्यामिक विद्यालयले आफ्नो १० औं बार्षिकोत्सव तथा अभिभावक दिवसका अबसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने

जगत ठाडा मगर
कावासोती । फाल्गुन २ शुक्रबार, नवलपुरको कावासोती नगरपालिका ८ मा रहेको गण्डकी आवासीय माध्यामिक विद्यालयले आफ्नो १० औं बार्षिकोत्सव तथा अभिभावक दिवसका अबसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।

स्वास्थ्य शिविरमा आबश्यकता अनुसार सबै प्रकारका स्वास्थ परिक्षणहरु गरिने बिद्यालयका प्रिन्सिपल जगतप्रसाद भट्टराईले बताए । हिजो विहीबार बिद्यालयमा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मिलाई दिइएको जानकारी अनुसार चितवनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेज तथा मेगा ल्याव कावासोतीको सहकार्यमा हुन लागेको स्वास्थ्य शिविर फागुन ६ गते मंगलबार बिद्यालय पसिरमा सञ्चालन हुने भएको हो ।

शिविरमा नाक, कान, घाँटी रोग विशेषज्ञ, मुटु रोग बिशेषज्ञ, हाडजोर्नी तथा नशा रोग बिषेषज्ञ, स्त्री तथा प्रसुती रोग विशेषज्ञ लगायतका विशेषज्ञ डाक्टर आउने बिद्यालयका प्रिन्सिपल जगतप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

बिमारीहरुलाई स्वास्थ परिक्षणका लागि विद्यालय सम्म ल्याउने र घर सम्म छोड्ने यातायातको सुविधा समेत ब्यबस्था गरिएको छ । उक्त बिद्यालयमा बिगत देखि गुणस्तरको अध्यायपन हुँदै आएको छ । गण्डकी आबासीय माध्यामिक बिद्यालय नवलपुर क्षेत्रको स्थापित नमुना बिद्यालय हो ।