नवलपुर जिल्लाको एकिकृत नमुना सदरमुकामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार - MONGOL KHABAR

Breaking

नवलपुर जिल्लाको एकिकृत नमुना सदरमुकामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार

नवलपुर । माघ २९ मंगलबार, पूर्वी नवलपरासी जिल्लाको एकिकृत नमुना सदरमुकामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै एक वर्ष अघि कावासोतीमा एकिकृत नमुना सदरमुकाम निर्माणको शिलान्यास गर्नु भएको थियो । शिलान्यास गरेको परियोजनाको डिपिआर तयार भएको नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद तिलक महतले जानकारी दिनुभयो । 

सांसद महत सहित प्राविधिकहरुको टोलीले आज प्रधानमन्त्री ओलीलाई भेटेर परियोजनाबारे जानकारी गराएको थियो । डीपीआर अनुसार एकिकृत नमुना सदरमुकाम बनाउन १५ अर्ब भन्दा बढी खर्च लाग्नेछ । एउटा भवनमा चारवटा सरकारी कार्यालय रहने गरी डिजाइन तयार भएको सांसद महतले जानकारी दिनु भएको छ ।

कावासोती नगरपालिका वडा नम्बर ३ रामनगर स्थित मैदानमा रहेको १८६ विगाहा जग्गामा एकीकृत नमुना सदरमुकाम निर्माण गरिँदैछ ।