चीनको बुहानमा रहेको नेपालीलाई उदार गर्न, वाइडबडी जहाज बुहान उडे - MONGOL KHABAR

Breaking

चीनको बुहानमा रहेको नेपालीलाई उदार गर्न, वाइडबडी जहाज बुहान उडे

काठमाडौ । फाल्गुन ३ शनिबार, चीनको वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहान उडेको छ । शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चीनको वुहानको लागि प्रस्थान गरेको हो ।

कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एक/एक जना इन्जिनियर र लोडमास्टर छन् ।

चीन स्थित नेपाली दूतावासले हुबेई प्रान्तमा रहेका नेपालीहरूलाई स्वदेश पठाउन राजधानी वुहानमा भेला गरिसकेको छ । नेपाल उड्नुअघि वुहानमा पनि सबैको स्वास्थ्य परीक्षण गरिनेछ। परीक्षणको क्रममा कसैलाई कोरोनाभाइरको लक्षण देखिए उतै क्वारेन्टाइनमा राखिनेछ ।

नेपालीलाई वुहानबाट उद्दार गरेर काठमाडौं ओराले पछि सिधैं क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा लगिनेछ । जहाजमा रहेका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोटस्थित खानेपानीको तालिम केन्द्रमा राखिनेछ।

चीनमा नेपालीलाई लिन जाँदा विमानस्थल भने अवरूद्ध नहुने नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।