हुप्सेकाेट गाउँपालिकाका फरार अधिकृत शिव सुवेदी प्रहरी नियन्त्रणमा - MONGOL KHABAR

Breaking

हुप्सेकाेट गाउँपालिकाका फरार अधिकृत शिव सुवेदी प्रहरी नियन्त्रणमा

नवलपुर । फाल्गुन ११ आइतबार, पूर्वी नवलपरासीकाे हुप्सेकाेट गाउँपालिकाका फरार अधिकृत शिव सुवेदी प्रहरी नियन्त्रणमा आएका छन् । नवलपुर प्रहरीका अनुसार उनी आज विहान ईलाका प्रहरी कार्यालय गैडाकाेटमा प्रहरी सम्पर्कमा आएका हुन् ।

उनलाई आजै जिल्ला प्रहरी कार्यालय नवलपुर ल्याउने तयारी भएकाे छ । हुप्सेकाेटमा सरकारी गाडी लिएर सिक्ने क्रममा दुर्घटना गराएर उनी फरार भएका थिए ।
गत माघ ७ गते उनले चलाएकाे ग १ झ ३८९ नम्बरकाे हुप्सेकाेट गाउँपालिकाकाे जीपकाे ठक्करबाट ४ बर्षीय बालक दीप गाहाकाे निधन भएकाे थियाे । दुर्घटनामा अन्य ४ जना घाईते भएका थिए ।

प्रशासन शाखाका अधिकृत शिव सुवेदीसँग सवारी चालक अनुमति पत्र (लाईसेन्स) नभएका कारण फरार भएकाे थिए । अधिकृत फरार भएका कारण हुप्सेकाेटमा पछिल्लाे समय व्यापक तनाब बढेकाे छ ।