मोरङ्बाट बिहानै दुखद खबर आयो, एकै घरका दुई जना दाजुभाई एक घण्टाको फरकमा उच्च रक्तचापले मृत्यु - MONGOL KHABAR

Breaking

मोरङ्बाट बिहानै दुखद खबर आयो, एकै घरका दुई जना दाजुभाई एक घण्टाको फरकमा उच्च रक्तचापले मृत्यु

माघ । मोरङ २७ सोमबार, भनिन्छ जन्म, मृत्यु र बिवाह आफ्नो वशमा हुन्न,यी तिनै चिज हाम्रो कल्पना भन्दा बाहिर हुन्छ । मोरङको विराटनगरमा यस्तै एउटा संयोगको घटना भएको छ । एक घण्टाको फरकमा एकैघरका दुई जना दाजुभाइको मृत्यु भएको छ ।

राति सामान्य अवस्थामा खाना खाएर आ–आफ्नो घरमा सुतेका दुई जना दाजुभाइको विहान ४५ मिनेटको अन्तरमा मृत्यु भएको हो । विराटनगर ४ स्थित ढाटमा घर भएका इश्रालाल माझी र काशी माझीको मृत्यु भएको हो । दुवै जनाको उच्च रक्तचापका कारणले मृत्यु भएको बताइएको छ ।

५३ र ५५ वर्षका दाजुभाइ मध्ये काशी शाकाहारी भोजन गर्थे । पूर्व टंकिसिनुवारी २ बाट निर्वाचित वडा सदस्य समेत रहेका उनलाई उच्च रक्तचापका कारण सामान्य पक्षघात भएको थियो । शनिबार बिहान पौने ३ बजेको समयमा उनको निधन भएको थियो । काशीको निधन भएको केही समयमै दाजु इश्रालाल माझीको पनि मृत्यु भयो । उहाँको पनि उच्च रक्तचापका कारणले ज्यान गएको स्थानीय इन्द्र न्यौपानेले जानकारी दिए ।