दक्षिण अफ्रिकामा कार्यरत मंगोलहरुको राईलाई सहयोग - MONGOL KHABAR

Breaking

दक्षिण अफ्रिकामा कार्यरत मंगोलहरुको राईलाई सहयोग


काठमाण्डौ, माघ, २५ / नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिमा ब्रेनको रेडियो थेरापी गराई रहेका ४३ वर्षे टेक बहादुर राईलाई दक्षिण अफ्रिकामा कार्यरत डिल्लि प्रसाद राईको पहलमा उठेको २६,७०५/ रुपैया सहयोग मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संगठनका जीवन मंगोलले हस्तान्तरण गर्नु भएको छ ।

खोटाङ जिल्ला जन्तेढुंगा गाउँपालिका बोपुङ घर भई हाल काठमाण्डौको कपनमा बसोबास गर्दै आएका राईलाई घातक रोग ब्रेन ट्युमर भएको प्रमाणित भए पछि कार्तिक २१ गते टिचिङ हस्पिटलमा शल्यक्रिया गरिएको थियो । तर ट्युमर पूर्ण रुपमा डाक्टरहरुले निकाल्न नसके पछि बाँकी रहेको ट्युमरलाई रेडियो थेरापी गर्न नेपाल क्यान्सर हस्पिटलमा रेफर गरेको थियो । आर्थिक समस्याको कारण उपचार गर्न निकै कठिनाई भइरहेको बेला सहयोग प्राप्त भे पछि बिरामीले रुदै सहयोगीहरुलाई धन्यावाद दिनु भएको छ ।

राईको श्रीमति मिरा राई अस्पताल दिनकै धाउनु पर्ने खर्च समेत नभएको बताउ छिन । आफ्नो नाबालक २ छोरी १ छोरा क्रमशः १,२ र ४ वर्षे छन् । आयस्रोेतको कुनै माध्यम छैन । राईको अहिले एउटा हात र एउटा खुट्टामा समेत समस्या भएको छ । परिवार आफन्तको सहयोगमा ट्युमरको उपचार गराएपनि थप उपचार गर्न आफू सँग खर्च नभएको मिरा राई बताउछिन । एकातिर नाबालक छोराछारीको स्याहार सुसार गर्नु पर्ने अर्को तिर बिरामीको उपचार गर्नु पर्ने कमाएर ल्याउला भन्ने अवस्था नभए पछि आर्थिक कसरी धान्ने ? भन्दै चिन्तित छन श्रीमति मिरा राई ।

बिरामी टेकबहादुर राईले समस्त नेपालीहरु समक्ष आफूलाई बचाइ दिन अपिल गरेका छन् । ३ जना नाबालक छोराछोरीहरु र ट्युमर रोगीको यो दयनीय अवस्थालाई बुझेर प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद ।