रामबहादुर बम्जनलाई पक्राउ गर्न सर्लाही प्रहरीको टोली सिन्धुली पुग्यो - MONGOL KHABAR

Breaking

रामबहादुर बम्जनलाई पक्राउ गर्न सर्लाही प्रहरीको टोली सिन्धुली पुग्यो

माघ । लिटल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनलाई पक्राउ गर्न सर्लाही प्रहरीको टोली सिन्धुली पुगेको छ ।
करिब एक वर्षअघि सर्लाहीकी रिता बोट नाम गरेकी बालिका बेपत्ता बनाउने कार्यमा उनको संलग्नता रहेको उजुरीका आधारमा जिल्ला अदालत सर्लाहीको आदेश लिएर प्रहरीको टोली उनलाई पक्राउ गर्न सिन्धुली पुगेको हो ।
अदालतको आदेश पछि उनलाई पक्राउ गर्नका लागि प्रहरीको टोली गएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले जानकारी दिए । उनको आश्रममा गएर प्रहरीले खोजी सुरु गरे पनि उनी फेला परेका छैनन् ।
आफूलाई तपस्वीका रुपमा चिनाएका बम्जनका आश्रममा जाने युवतीहरु सँग उनले अवैध सम्बन्ध राख्ने गरेको र वेपत्ता पार्ने गरेको आरोप लाग्दै आएको छ ।
यसअघि बम्जनको आश्रमबाट मकवानपुरकी फुलमाया रुम्बा, नुवाकोटकी कर्मा तामाङ बेपत्ता भएको उजुरी परेको छ । यस्तै सिन्धुपाल्चोकबाट समेत उनको आश्रममा आएका आनीहरु हटाएको विषय बाहिर आए पछि उनी विवादित बनेका छन् ।