निर्मला हत्या प्रकरणका दिलिप सिंह विष्टका दाजु सहित आठ जना पक्राउ - MONGOL KHABAR

Breaking

निर्मला हत्या प्रकरणका दिलिप सिंह विष्टका दाजु सहित आठ जना पक्राउ

महेन्द्रनगर । माघ २८ मंगलबार, निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोललनरत आठ जनालाई प्रहरीले पक्राउ गरको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेटमा धर्नामा बसेका अधिकारकर्मी तथा घाइतेहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । घाइतेहरुको उपचार खर्चको माग गर्दै एक महिना देखि धर्नामा बसेका निर्मलाको न्यायिक आन्दोलनका घाइते र अधिकारकर्मी शारदा चन्द लगायत ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आउने जानेलाई असहज परिस्थित सृजना भए पछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ पर्नेहरुमा अधिकारकर्मी शारदा चन्द, दिलिप सिंह विष्टका दाइ खडक सिंह विष्ट, सुरेन्द्र देउवा सहित ८ जना रहेका छन् ।

प्रशासन ओहोरदोहोरमा धर्नामा बसेकाहरुले हस्तक्षेप गर्न थाले पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।