चितवन मंगोलमय बन्दै, दैनिक मंगोलवाद प्रशिक्षण हुदै - MONGOL KHABAR

Breaking

चितवन मंगोलमय बन्दै, दैनिक मंगोलवाद प्रशिक्षण हुदै

चितवन । माघ २६ आइतबार, मंगोल नेशनल अर्गनाइजेशन- डा.गोपाल गुरुङ चितवन जिल्ला सभाको आयोजनामा चितवनमा एक दिने मंगोबाद प्रशिक्षण सम्पन्न भएको छ ।

चितवनको ईच्छाकामना गाउँपालिका वार्ड नं ७ स्याङ्दिमा भएको मंगाेलबाद प्रशिक्षण कार्यक्रममा पुर्ब केन्द्रिय सदस्य पुर्खाराम प्रजाले प्रशिक्षण दिनुभएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा स्थानिय मुलबासी मंगोलहरुको उपस्थिति उल्लेखनीय रहेको थियो । कार्यक्रममा प्रशिक्षक प्रजाले मंगोलवाद र मानब अस्तित्वको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रम टेक बहादुर प्रजाको सभापतित्वमा दया बहादुर प्रजाको संचानमा भएको थियो ।