गोर्खामा संगठनको मंगोलवाद प्रशिक्षण सम्पन्न - MONGOL KHABAR

Breaking

गोर्खामा संगठनको मंगोलवाद प्रशिक्षण सम्पन्न

गोर्खा । माघ २८ मंगलबार, मंगोल नेशनल अर्गनाइजेशन- डा.गोपाल गुरुङ पुर्ब संघिय सभाका सदस्य पुर्खाराम प्रजा र सन्तबहादुर प्रजाको पहलमा गोर्खा जिल्लामा एक दिने मंगोबाद प्रशिक्षण सम्पन्न भएको छ ।

गाेर्खा जिल्ला गण्डकी गाउँपालिका वार्ड नं २ गाेर्दिटार ग्याजामा प्रमुख प्रशिक्षक संघीय सभाका संचार प्रमुख जीवन मंगोलले प्रशिक्षण दिनुभएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा स्थानिय मुलबासी मंगोलहरुको उपस्थिति उल्लेखनीय रहेको थियो । कार्यक्रममा प्रशिक्षक जीवन मंगोलले मंगोलवाद र मानब अस्तित्वको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा पुर्ब संघिय सभा सदस्य पुर्खा राम प्रजाले छोटो मन्तब्य राख्नु भएको थियो ।