प्रचण्ड माथी जुत्ता प्रहार गर्ने पुर्ब लडाकु प्रहरी नियन्त्रणमा - MONGOL KHABAR

Breaking

प्रचण्ड माथी जुत्ता प्रहार गर्ने पुर्ब लडाकु प्रहरी नियन्त्रणमा

काठमाडौ । फागुन १८, आइतबार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने व्यक्ति पूर्व लडाकु भएको खुलेको छ ।

आज राष्ट्रिय सभागृहमा प्रचण्ड माथि अपरान्ह जुत्ता प्रहार गरिएको थियो । प्रचण्डलाई जुत्ता प्रहार गर्नेमा पूर्व लडाकु युवक रतन तिरुवा रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जुत्ता प्रहार गर्ने व्यक्ति तिरुवा भएको पुष्टि गरेका छन् । २२ वर्षीय पूर्व लडाकु तिरुवाको घर जुम्ला रहेको बताइएको छ । युवकलाई अनामनगरस्थित महानगरी प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ । उनीमाथि अनुसन्धान अगाडि बढाइएको छ ।

राष्ट्रिय सभागृहमा भरत मोहन स्मृति प्रतिष्ठानको आयोजनामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि थिए । उनलाई मञ्चमा नै जुत्ता प्रहार भए पछि केहीबेर सभागृह असान्त बनेको थियो ।