प्रबास सभा कतारको नेतृत्वमा कमल थिङ बचाउ अभियानलाई सहयोग हस्तान्तरण - MONGOL KHABAR

Breaking

प्रबास सभा कतारको नेतृत्वमा कमल थिङ बचाउ अभियानलाई सहयोग हस्तान्तरण

काठमाण्डौ । फाल्गुन, बैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका कमल थिङ सन् २०१८ सेप्टेम्बर ८ तारिखमा एक आपसमा जिस्किने क्रममा कतारमै अचानक दुर्घटना भई धनुषा जिल्ला घोडघाँस–३ का शिबरतन राउतको अकल्पनीय मृत्यु हुन पुगेकोले थिङलाई ६ महिना जेल र ब्लड मनी तिर्नको लागि कतारी रियाल २ लाख अर्थात नेपाली ६० लाख क्षतिपूर्ति बुझाउनु पर्ने कतारको अदालतले फैसला सुनाएको थियो । यदि ब्लड मनि भुक्तानी गर्न नसकेमा कतार सरकारले आममाफी नदिने र दोषीलाई मृत्यु दण्ड समेत दिन सक्ने अधिकार हुने भएको हुँदा कमल थिङ बचाउ अभियानमा सबै जुटे ।

यहि अभियानमा मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ प्रवास सभा कतार जु्टेको थियो । फलस्वरुप छोटो समयमा मलेसिया साउदीबाट सहयोग जुटाउनमा सफलता मिल्यो प्रबास कतारलाई । जुटेको रकम संघीय सभालाई प्राप्त भयो । यसैबीच संघीय सभाले कमल थिङको उद्धारको लागि उठेको सहयोग रकम रु.१ लाख ३० हजार ३ सय ७ रुपैया हस्तान्तरण गरेको छ ।

संगठनको कार्यालय सुकेधारामा एक कार्यक्रमका बीच बुधबार पीडित थिङका परिवार चिनिमाया तामाङ र “कमल थिङ बचाउ”अभियन्ता इन्द्र गोलेलाई फागुन २७ गते मंगोल नेता शेरप तामाङले हस्तान्तरण गर्नु भएको हो ।

हस्तान्तरण गर्दै नेता तामाङले मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले कमल थिङ बचाउको लागि बलडमनी तिर्नु पर्ने भएकोले सानो भए पनि सहयोग हस्तान्तरण गर्न पाएको छ । यस्तै सानो सानो सहयोगले कमल थिङ सकुसल नेपाल फर्किनु हुनेछ भन्ने आशा राखेका छौ । नेता तामाङले भन्नु भयो ‘बैदेशिक रोजगारमा सकेसम्म जान नपरोस् त्यसको व्यवस्था नेपाल सरकारले गर्नु पर्छ, त्यसको दबाब हाम्रो संगठनले दिदै जानेछ ।’

प्रवास सभा कतारको मुख्य पहलमा साउदी अरब, मलेशिया लगायत विभिन्न मुलुकबाट सहयोग जुटाइ समाजिक कार्यमा जुट्ने प्रवासी मंगोल अभियनताहरुलाई संघीय सभाले धन्यावाद ज्ञापन पनि गरेको छ । यसरी नै आगामी दिनहरुमा पनि पीडितहरुको न्यायको लागि जुट्न आह्वान गरेको छ ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसन–डा.गोपाल गुरुङ संगठनका सघिय सदस्य दिलु राई, बिक्रम लिम्बू, प्रबास सभा मलेसियाका अध्यक्ष जिबी गुरुङ, दोलखा जिल्ला अध्यक्ष आकाश थामी लगायतका अन्य नेताकार्यकर्ताहरु समेत सहभागी रहेको थियो ।